LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

मो.इन्तेखाब आलम
जनकपुरधाम । चुनाव नजदिकदा पार्टीका नेता तथा कार्यकर्ताहरु यो पार्टी त्यो पार्टी के के गरिरहेको जानकारी लिनका लागि खबरीलालहरुको सहायताको अधारमा आफनो जित हुन्छ भन्ने विश्वासमा चुनावी दौडधुपमा व्यस्त छन । जनकपुरधाम उपमहानगरपालिका भित्र रहेका चिया पसलहरुमा सबै पार्टीका खबरीलालहरुले सर्वसधारणहरुलाई को जितने यसपाली भन्ने प्रश्नहरु धेरै सोधने गरेको जनकपुरधाम विसपीटीका समाजसेवी राजेन्द्र यादवले बताए । सर्वसधारण यसपालीको चुनावमा धेरै शिक्षित भएको यादवले बताए । खबरीलालहरुको प्रश्नलार्इृ सर्वसधारणहरुले धेरै तिखो शब्दले जवाब दिईरहेको छ, र आफनो वोट कसलाई दिने भन्ने लुकाई रहेको उनले बताए । पैशा खर्च गरेपनि चुनावमा जनताले पाँच वर्षको भविष्यलाई हेरेर पार्टीलाई जिताउने लाक्ष्य राखेको यादवले बताए । कतिकौ जनताले राजनिति सवाललाई सुन्न पनि नचाहेको उनले आफनो प्रत्यक्ष सर्वेक्षण र खबरीलालहरुको प्रश्न र जनताको जवाफकोे अधारमा यसो आकलन उनले गरेको बताए । धनुषामा नेता र कार्यकर्ताहरुले पान पसल चिया पसलमा आफनो साथी भाई विच संवाद गरदै भनिरहेका छन,यसपाली हाम्रो पार्टीको जित पक्का हो भन्ने दावी गरदै आईरहेको यादवले बताए । जनकपुरधाम वडा नं.१२ निवासी शेष अब्दुल्लाहले भने खबरीलालहरुको सवाल र जवाब सुन्दा सुन्दै म दिक्क भएर घर वाहिर आउँन हिचकिचाई रहेको उनले बताए । चुनाव अहिले भएको पनि छैन चुनावी गिन्ती त दुुरको कुरा यसोमा खबरीलालहरुको एउटा अरकै चुनावी आकलन सुनेर आफु निरास भएको उनले बताए ।              फोटो समाजिक संजाल

सम्बन्धित खबर