LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

जनकपुरधाम । चुनाव प्रचार प्रसारको अन्तिम दिन तराई मधेश लोकतान्त्रिक पार्टीका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेश सभा सदस्यका उम्मेदवार असगर अलीले विहिवार जनकपुरधाम बजारमा कलश यात्रा र रोड शो कार्यक्रम गरेका छन् ।
स्थानीय महाविर चोकबाट दिउँसो निकालिएको कलश यात्रा र रोड शो राम चोक, जनक चोक, शिव चोक, भानु चोक, मिल्स एरिया, देवि चोक, जानकी चोक, शुक्रवारी बजार हुदै पुनः महाविर चोकमा आई कोण सभामा परिणत भएको थियो । कलश यात्रा र रोड शोमा तमलोपा की महिला नेतृ विभा ठाकुर, जनकपुरधाम उपमहानगरपालिका पुर्व मेयर श्रवण साह, तमलोपाका केन्द्रिय सदस्य उमेश मण्डलसहितका नेता, पार्टी कार्यकर्ता तथा उम्मेदवार अलीका सयौ समर्थकहरु सभागिता रहेको थियो । कलश यात्रा र रोड शोमा सर्वसधारण जनताले उम्मेदवार अलीलाई ठाउँठाउँमा स्वागत र जितका शुभकाना दिईरहेका थिए ।

इता, कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार अलीले म नेता होईन जनकपुरधामको बेटाको रुपमा जनकपुरधामवासीसँग भोट मागेका थिए । ‘म यो शहरमा जम्मे हुर्केको छु, यहाँको माटोसँग प्रेम छ, यहाँको धर्मसास्कृतिसँग औधी लगाव छ,उम्मेदवार अलीले भने,‘ म उपमेयर हुदाँ गरेको विकास निर्माणको कामको मुल्याङ्गकन गरेर मतदान गर्नु होला । अन्य पार्टीका नेताहरु जस्तो दलबदलु र अवसरवादी होईन । मसँधै जनकपुरधामवासीकै सेवामा ४५ वर्ष खर्जेको छु ।मैले जनकपुरधाम र जनकपुरवासीको लागिको गरेको योगदानलाई एक पटक सम्झेर मतदान गर्नु होला ।’


अर्को प्रशंगमा उम्मेदवार अलीले मधेशी जनताको हक अधिकारको सवालमा सबै राष्ट्रिय पार्टीहरु एउटै मानसिकता रहेको आरोप लगाए ।
मधेश केन्द्रित दलहरु सत्ता स्वार्थका कारण मधेशको एजेण्डा छोडेर मधेश विरोधी पार्टीसँग चुनावी सहकार्य गरेको दावि गर्दै नेता अलीले भने,‘ अव मधेश केन्द्रितहरुको प्राथमिकतामा मधेश र मधेशी जनता रहनन्, उनीहरु आफ्नो सत्ता र स्वार्थ सिद्ध गर्न कोही काँग्रेस माओवादीसँग त केही एमालेसँग चुनावी गठबन्धन गरेका छन् । उनीहरुलाई मधेश र मधेशी एजेण्डासँग अव कुनै सरोकार रहनन् ।’र्
संविधान अझै संसोधन नभएर अझै मधेशीको हितमा हुन सकेको छैन, नागरिकता ऐन पास नहुदाँ लाखौ मधेशीका सन्तान नागरिकताबाट वंचित भएका कारण उच्च शिक्षा र रोजगार पाउन सकेका छैनन्, महिला नेतृ विभा ठाकुरले भनिन्,‘ मधेश आन्दोलन तका आफ्ना ज्यानका समेत प्रभाव नगरि लागेहरुमाथि अहिले विभिन्न मुद्दाहरु छन्, सो मुद्दा धेरै कारागार जीवन बिताई रहेका छन्, तर उनीहरुलाई रिहा गराउन मधेश केन्द्रित दलहरु सकेनन् । मात्रै सत्ताको लागि सहमतिको नाटक गरेर पालैपालो सत्तामा पुगे । तर मधेश मुद्दा जहाँको त्यही छ ।त्यसैले मधेश र मेधशी जनताको अवाजलाई बुल्द गर्न तमलोपाका उम्मेदवारलाई जिताउनु आवश्यक छ ।’ उनले जनकपुरधामसहित यस क्षेत्रको समग्र विकासको लागि उम्मेदवार अलीलाई मतदान गर्न आग्रहा गरिन् ।

सम्बन्धित खबर