LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । मधेश प्रदेशका ८ वटै जिल्लामा शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ ।
विहान मतदान ७ बजे देखि सुरु हुने भनिपनि केहि ठाउँ १० मिनेटदेखि १ घण्टा सम्म ढिलो गरि मतदान सुरु भएको छ । वाराको सिमारा उपमहानगरपालिकाको पोर्ताहा भन्ने मतदान स्थलमा केहि विवादको कारण झण्डै दुई घण्टा मतदान ढिलो गरि सुरु भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुमन कुमार तिम्लसिनाले जानकारी दिए । त्यहाँ अहिले विवाद समाप्त भएपछि मतदान शान्तिपुण वातावरणमा भईरहेको उनले बताए ।


त्यसैगरि, धनुषाको वटेश्वरमा एमाले र नेकपा एसमा कार्यकर्ता बीच समान्य विवाद भएको छ । त्यसैगरि, सिरहाको कर्जन्हा नगरपालिका ६ स्थित जनता मावि बडहरामाल मदतान स्थलमा जसपा र नेकपा एसका कार्यकर्ता बीच विवाद भएको छ । निर्वाचन सुरु हुनु अघि दुवै पक्ष विच विवाद भएको थियो । विवाद साम्य बनाउन प्रहरीले ३ राउण्ड हवाई फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक अर्जुन तिम्लसिनाले जानकारी दिए । अहिले शान्तिपुर्ण अवस्थामा मतदान भईरहेको उनले जानकारी दिए ।
यसैबीच, विहानै विहान मतदान स्थलमा मतदाताहरुको संख्या न्युन देखि भएपनि अहिले विस्तारै विस्तारै सबै मतदाताको संख्या बढ्दै गएको छ ।
काँग्रेसका पुर्व उपसभापति बिमलेन्द्र निधी धनुषाको नगराईन राजेश्वर निधी उच्च माविमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । एमालेका नेता रधुविर महासेठ र एमाले नेतृ जुली महतो जनकपुरधाम उपमहानगरपालिका ९ स्थ्ति सुहृदय पुस्तकालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
महतो धनुषा क्षेत्र नम्बर ३ को प्रतिनिधी सभाको उम्मेदवार भएपनि श्रीमान महासेठ धनुषा ४ बाट प्रतिनिधी सभामा उम्मेदवार भएपछि उनी आफ्ना श्रीमान महासेठलाई मतदान गर्न सो मतदान केन्द्रमा पुगेकी थिईन ।
त्यसैगरि, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो सर्लाहीको चन्द्रनगर गाउँपालिको वडा नं. २ मा स्थित श्री दुर्गा खोभारी जनता उच्च माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।


त्यसैगरि, पूर्व कृषिमन्त्री महेन्द्र राय यादवले हरिपुर्वा नगरपालिका–९ को रामजानकी मठ मतदान केन्द्रमा मतदान गरेका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले रौतहटको गौरस्थित कन्या आधारभुत विद्यालयको मतदान केन्द्र पुगेर मतदान गरेका हुन् । उनी रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार हुन् ।
त्यसैगरि, पूर्वमन्त्री तथा माओवादी नेता मातृक यादवले आज बिहान धनुषाको सबैला नगरपालिका–२ स्थित रामप्रसाद माविको मतदान केन्द्रमा मतदान गरेका हुन् । उनी धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार हुन ।
मओवादी नेता गृहराजमणि पोखरेलले महोत्तरीको निर्वाचन क्षेत्र नं. १ को बर्दिबास–३ स्थित रजवा जुडेश्वरी प्राथमिक विद्यालयको मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।

 

सम्बन्धित खबर