LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । मधेश प्रदेशका ८ वटै जिल्लामा शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ ।
विहान मतदान ७ बजे देखि सुरु हुने भनिपनि केहि ठाउँ १० मिनेटदेखि १ घण्टा सम्म ढिलो गरि मतदान सुरु भएको छ । वाराको सिमारा उपमहानगरपालिकाको पोर्ताहा भन्ने मतदान स्थलमा केहि विवादको कारण झण्डै दुई घण्टा मतदान ढिलो गरि सुरु भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुमन कुमार तिम्लसिनाले जानकारी दिए । त्यहाँ अहिले विवाद समाप्त भएपछि मतदान शान्तिपुण वातावरणमा भईरहेको उनले बताए ।


त्यसैगरि, धनुषाको वटेश्वरमा एमाले र नेकपा एसमा कार्यकर्ता बीच समान्य विवाद भएको छ । त्यसैगरि, सिरहाको कर्जन्हा नगरपालिका ६ स्थित जनता मावि बडहरामाल मदतान स्थलमा जसपा र नेकपा एसका कार्यकर्ता बीच विवाद भएको छ । निर्वाचन सुरु हुनु अघि दुवै पक्ष विच विवाद भएको थियो । विवाद साम्य बनाउन प्रहरीले ३ राउण्ड हवाई फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक अर्जुन तिम्लसिनाले जानकारी दिए । अहिले शान्तिपुर्ण अवस्थामा मतदान भईरहेको उनले जानकारी दिए ।
यसैबीच, विहानै विहान मतदान स्थलमा मतदाताहरुको संख्या न्युन देखि भएपनि अहिले विस्तारै विस्तारै सबै मतदाताको संख्या बढ्दै गएको छ ।
काँग्रेसका पुर्व उपसभापति बिमलेन्द्र निधी धनुषाको नगराईन राजेश्वर निधी उच्च माविमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । एमालेका नेता रधुविर महासेठ र एमाले नेतृ जुली महतो जनकपुरधाम उपमहानगरपालिका ९ स्थ्ति सुहृदय पुस्तकालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
महतो धनुषा क्षेत्र नम्बर ३ को प्रतिनिधी सभाको उम्मेदवार भएपनि श्रीमान महासेठ धनुषा ४ बाट प्रतिनिधी सभामा उम्मेदवार भएपछि उनी आफ्ना श्रीमान महासेठलाई मतदान गर्न सो मतदान केन्द्रमा पुगेकी थिईन ।
त्यसैगरि, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो सर्लाहीको चन्द्रनगर गाउँपालिको वडा नं. २ मा स्थित श्री दुर्गा खोभारी जनता उच्च माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।


त्यसैगरि, पूर्व कृषिमन्त्री महेन्द्र राय यादवले हरिपुर्वा नगरपालिका–९ को रामजानकी मठ मतदान केन्द्रमा मतदान गरेका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले रौतहटको गौरस्थित कन्या आधारभुत विद्यालयको मतदान केन्द्र पुगेर मतदान गरेका हुन् । उनी रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार हुन् ।
त्यसैगरि, पूर्वमन्त्री तथा माओवादी नेता मातृक यादवले आज बिहान धनुषाको सबैला नगरपालिका–२ स्थित रामप्रसाद माविको मतदान केन्द्रमा मतदान गरेका हुन् । उनी धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार हुन ।
मओवादी नेता गृहराजमणि पोखरेलले महोत्तरीको निर्वाचन क्षेत्र नं. १ को बर्दिबास–३ स्थित रजवा जुडेश्वरी प्राथमिक विद्यालयको मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।

 

सम्बन्धित खबर