LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम । धनुषामा जिल्लामा प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा करिव ६२ प्रतिशत खसेको छ ।
धनुषामा प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले यो निर्वाचनमा करिव ६२ प्रतिशत मात्रै मत खसेको बताए । उनले चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान शान्तिपुर्ण वातावरणमा सम्पन्न भएको बताए ।
जनकपुरधाम स्थित प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जिल्लामा धनुषामा शान्तिपुर्ण र भयरहित वातावरणमा मतदान भएको बताए ।


जिल्लाको ३२२ वटा मतदान स्थलका ६०५ मतदान केन्द्रमार्फत मतदान भएको हो । धनुषामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कुल ४ लाख ७४ हजार ५८७ मतदाता रहेको छ ।
निर्वाचनलाई भयरहित र शान्तिपुर्ण वातावरणमा चुनाव सम्पन्न गराउन ६ जिल्ला भरिमा ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

सम्बन्धित खबर