LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । धनुषामा जिल्लामा प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा करिव ६२ प्रतिशत खसेको छ ।
धनुषामा प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले यो निर्वाचनमा करिव ६२ प्रतिशत मात्रै मत खसेको बताए । उनले चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान शान्तिपुर्ण वातावरणमा सम्पन्न भएको बताए ।
जनकपुरधाम स्थित प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जिल्लामा धनुषामा शान्तिपुर्ण र भयरहित वातावरणमा मतदान भएको बताए ।


जिल्लाको ३२२ वटा मतदान स्थलका ६०५ मतदान केन्द्रमार्फत मतदान भएको हो । धनुषामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कुल ४ लाख ७४ हजार ५८७ मतदाता रहेको छ ।
निर्वाचनलाई भयरहित र शान्तिपुर्ण वातावरणमा चुनाव सम्पन्न गराउन ६ जिल्ला भरिमा ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

सम्बन्धित खबर