LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

‘मधेसके बेटा सिके राउत काठमाण्डूमे किल्ला गाइरदेतौ’ यो गीत मधेसका युवाहरूमा केही समयदेखि निकै चर्चित छ।
खासमा यो गीत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग २०७५ फागुन २४ गते राउतले सम्झौता गरेको बेला बनाइएको हो। अहिलेको निर्वाचनमा भने यो धेरै नै चर्चामा आयो।
निर्वाचनका बेला जनमत पार्टीको गीतको मुखडा नै ‘मधेसके बेटा सिके राउत’ हो। मैथिली संगितमा बनेको सो गीत धेरै नै आकर्षक छ।
गीतले भनेझैं राउतले काठमाडौंमा झन्डा गाडे पनि नगाडे पनि जनकपुरमा भने यसपालि झन्डा गाड्ने मधेस प्रदेशको प्रारम्भिक परिणामले देखाएको छ।
मधेश प्रदेशको प्रदेश सभाको समानुपातिकतर्फ प्रारम्भिक मतगणनामा सिके राउत नेतृत्वको जनमत पार्टीले पहिलो स्थानमा छ।
जनमत पार्टीले अहिलेसम्म २ हजार ६ सय ४४ मत ल्याएको छ। उसलाई पच्छ्याइरहेको नेपाली कांग्रेसले २ हजार २ सय २८ मत ल्याएको छ। तेस्रोमा रहेको नेकपा (एमाले)ले २ हजार २ सय मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले १ हजार २ सय ३८ मत पाएको छ।
मधेस आन्दोलनको नेतृत्व गरेको जनता समाजवादी पार्टी भने पाँचौं स्थानमा झरेको छ। उसले १ हजार ८३ मत मात्र ल्याएको छ। प्रारम्भिक मतगणनालाई आधार मान्ने हो भने लोसपालाई मधेश प्रदेशमा समेत प्रतिशत ‘थ्रेस होल्ड’ कटाउन कठिन हुने देखिन्छ।
मधेश प्रदेशका प्रदेश सभा अन्तर्गतका निर्वाचन क्षेत्रहरूमा मतगणना हुन भर्खरै सुरू भएको छ। अहिले नै कुन पार्टीले कति क्षेत्रमा जित्छ भन्न सकिँदैन। तर प्रारम्भिक मतपरिणामले राउत नेतृत्वको पार्टीले मधेशमा अरू मधेसवादी दललाई पछि पार्ने निश्चित जस्तै देखिन्छ। अहिले सम्मको परिणामले जनमत पार्टीको प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने देखिन्छ।
मधेश प्रदेश सभाका ३२ सिटमध्ये कांग्रेस र एमालेले ८/८ क्षेत्रमा अग्रता लिएका छन्। नेकपा माओवादी केन्द्रले ६ स्थानमा अग्रता लिएको छ भने जसपा र जनमत पार्टीले ४/४ स्थानमा अग्रता लिएका छन्। लोसपाले भने ३ ठाउँमा अग्रता लिएको छ।
प्रतिनिधि सभातर्फको समानुपातिक मतगणनामा जनमत पार्टीले ५ हजार ३ सय ३९ मत ल्याएको छ। समानुपातिकतर्फ अहिलेसम्म जनमत पार्टी सातौं स्थानमा छ। जनमत पार्टीभन्दा थोरै अगाडि रहेको जसपाले ५ हजार ३ सय ५३ मत ल्याएको छ भने लोसपाले प्रतिनिधि सभामा राष्ट्रिय दल हुन चाहिने ३ प्रतिशतको ‘थ्रेस होल्ड’ कटाउने गुञ्जायस अहिलेसम्म देखिएको छैन।
संघतर्फको प्रत्यक्ष निर्वाचनमा सप्तरी क्षेत्र नं २ मा राउत मात्रै अगाडि छन्। जसपाका अध्यक्ष उपेन्द्र यादव उठ्ने गरेको सप्तरी-२ बाटै उठेका राउत जित्ने निश्चित जस्तै देखिएको छ।
राउतले १३ हजार ७ सय ५९ मत ल्याएर यादवभन्दा दोब्बर मतले अघि छन्। यादवले ६ हजार ९ सय ५१ मत मात्रै पाएका छन्।
मधेसमा यादवलाई राउतले हराउनुले ठूलो सांकेतिक अर्थ राख्छ। २०६३ पछि मधेस आन्दोलनबाट उदाएका यादव मधेसको पहिचान दिलाउने नेताका रूपमा परिचित छन्। राउतले मधेसको मुख्य शक्तिलाई नै सबैभन्दा ठूलो धक्का दिने देखिन्छ। किनभने जनमत पार्टी र अब यादवको पहिचानसमेत राउतले खोस्ने छन्। किनकी राउतले परम्परागत रूपमा जसपालाई जाने दलित समुदाय र विपन्न वर्गको मत नै मुख्य रूपमा तानेका छन्।

सम्बन्धित खबर