LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले देशका विभिन्न ठाउँमा उत्साहजनक उपस्थिति देखाउँदा चितवनमा पनि उत्साह देखिएको छ। चितवन २ मा मतगणनाकाे सुरुवाती चरणबाटै पछि परेका रवि लामिछानेले अग्रता लिएका छन्।
चितवन १ मा १८ हजार ८ सय २५ मत गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालको ६ हजार ३ सय ६७ मत छ । एमालेका सुरेन्द्र पाण्डेको ५ हजार ३ सय ९९ मत सहित दोस्रो स्थानमा हुदाँ गठबन्धन बाट कांग्रेसका उम्मेद्धवार डा. विश्वनाथ पौडेल ५ हजार २ सय ९५ सहित तेस्रो स्थानमा छन्।
मत दाताले नयाँ अनुहार चाहेका र हरि ढकाल चितवनकै भएकाले पनि शुरुवात बाटै उनको पक्षमा राम्रो मत आएको अनुमान गर्न सकिन्छ।
पार्टीका राष्ट्रिय सभापति रवि लामिछाने चितवन– २ मा मतगणनाको सुरुवातदेखि अग्रता लिन नसके पनि पछिल्लो मतले उनलाई पहलिो बनाएको छ । पछिल्लो गणनाले रविको पक्षमा ४ हजार ७ मत छ । शुरु बाट अग्र स्थानमा रहेका कृष्णभक्त पोखरेलको ३ हजार ८ सय ७९ मत छ । भने गठबन्धन बाट कांग्रेसका उमेश श्रेष्ठको पक्षमा ३ हजार ८ सय ७९ मत छ।
इच्छाकामनाको पहाडी क्षेत्रका मत गणना हुँदासम्म एमालेका पोखरेल फराकिलो मतान्तर आएपनि इच्छाकामनाकै राजमार्ग आडका वडाहरूमा गणना हुन थालेपछि रविको मतान्तर कम हुँदै गएको छ । चितवन– २ मा इच्छाकामनासहित कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका २९ मध्ये सदरमुकाम र बजार क्षेत्रका १० वटा ठुला वडा रहेका छन्।
कालिका नगरपालिकामा आएपछि त्यो क्रम बढ्ने आशामा उनका समर्थक छन् । त्यसैगरी धेरै मतदाता रहेका भरतपुरका वडाहरूमा लामिछानेप्रति ‘लहर नै चले’को हुँदा उनीहरू जित धेरैको अनुमान छ । तर कालिका नगरपालिका र धेरै मतदाता रहेका भरतपुरका २, १०, ११ र १२ नम्बर वडा पनि एमालेको राम्रो प्रभाव रहेको ठाउँ हो।
चितवन ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो छ । त्यहाँ ठेकेदारको पृष्ठभुमि भएका पूर्व मन्त्रि समेत रहेका राप्रापाका विक्रम पाण्डे १६ हजार ९ सय पाँच मत गन्दा ४ हजार ७ सय ७४ सहित पहिलो स्थानमा र स्वतन्त्र पार्टीकी जिता बराल ४ हजार मत सहित दोस्रो स्थानमा छिन्।
गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्धवार डा. भोजराज अधिकारी ३ हजार आठ सय २७ मत सहित तेस्रो हुदाँ एमालेको समर्थनमा कांग्रीस बाट बागि उम्मेद्धवार बनेका दिनेश कोइराला ३ हजार १ सय ७५ मत सहित चौथो स्थानमा छन्।
चुनावका क्रममा आक्रामक प्रचार अभियान चलाएका र अन्तिम चुनावी सभामा नारायणी नदी किनारमा समर्थकहरूको राम्रै जमघट जुटाएका लामिछानेले समानुपातिक संगै प्रत्यक्षमा चितवन बाट राम्रो मत बटुलि रहेका छन्। यद्धपी गणना गर्न धेरै मत बाँकी नै रहेकाले कुनै पनि पार्टी आत्तिहाल्नु पर्ने अवस्था छनै।

सम्बन्धित खबर