जनकपुरधाम । धनुषाको ४ वटै निर्वाचन क्षेत्रमा विपक्षी गठबन्धन दलका उम्मेदवारहरुको आग्रता लिएका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा विपक्षी गठबन्धन दल जनता समाजवादी पार्टी ((जसपा)का उम्मेदवार दीपक कार्की अग्रता लिएका छन् । यो समाचार तयार पर्दा सम्म कार्की २ हजार ३७६ मत मत ल्याई पहिलो स्थानमा छ भने राप्रपाका मनोज मल्ल ठकुरी २ हजार ४५ मत ल्याई दोस्रो स्थानमा छ । त्यसैगरि, सो क्षेत्रका निर्वातमान सासद तथा सत्तारुढ गठबन्धन दल माओवादी केन्द्रका उम्मेदवार मातृका यादव १ हजार ७ सय ५ मत ल्याई तेस्रो स्थानमा र जनमतका उम्मेदवार किशोरी साह कमल १ हजार ३२६ मत ल्याई चौथौ स्थानमा छ ।
निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगडिया ४ हजार ८०२ मत ल्याएई पहिलो स्थानमा छ भने सत्तारुढ गठबन्धन दलका काँग्रेसका उम्मेदवार कृष्ण यादव ३ हजार ७९० मत ल्याई दोस्रो, जसपाका उम्मेदवार गंगाराम यादव २ हजार ९६४ मत ल्याएर तेस्रो र नेकपा एकिकृत समाजवादी पार्टीका उम्मेदवार रामचन्द्र झा २ हजार १३९ मत ल्याएर चौथौ स्थानमा रहेका छन् । यो क्षेत्रमा एमाले र जसपाको गठबन्धन भएको छैन भने सत्तारुढ गठबन्धनमा नेकपा एस यो क्षेत्रमा सामेल भएको छैन ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा विपक्षी गठबन्धन दल एमालेकी उम्मेदवार जुली कुमारी महतो सुरुवाती देखि नै अग्रता कायम राखेकी छिन् । उनलाई सत्तारुढ गठबन्धन दल लोसपाका उम्मेदवार अनिल झा पछयाउदै आएको छ । यो समाचारदाता तयार पर्दा सम्म महतो ६ हजार ९६४ र झाले ५ हजार ९६ मत ल्याएका छन् । त्यसैगरि, जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साह २ हजार १२६ मत ल्याएर तेस्रो स्थानमा छन् ।
निर्वाचन क्षेत्र नम्बर ४ मा पनि नेकपा एमालेका उम्मेदवार सुरुवाती अवस्थामा अग्रता लिएका छन् । उनलाई सत्तारुढ गठबनधन दल काँग्रेसका उम्मेदवार महेन्द्र यादवले पछ्याई रहेका छन् । यो समाचार लेख्दा सम्म महासेठले ७३६, यादवले ५५६ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार कृष्णा महतोले ९४ मत ल्याई तेस्रो र जसपाका उम्मेदवार महाजन यादव ६६ मत ल्याई चौथौ नम्बर छ ।
प्रदेश सभा तर्फ
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभाको क मा सत्तारुढ गठबन्धन दल काँग्रेसका उम्मेदवार रामसोज यादव पहिलो स्थानमा रहेका छन् । भने जसपाका उम्मेदवार जितेन्द्र यादव ४ हजार १५३ मत ल्याएर दोस्रो स्थानमा छन् । त्यसैगरि,जनमत पार्टीका उम्मेदवार प्रसान्न झा ४हजार ५३ मत ल्याएका छन् । त्यसैगरि, धनुषा निर्वाचन क्षेत्र २ को प्रदेश सभाको ख नेकपा एमालेका उम्मेदवार संजिव झा १ हजार २९८,जसपाका उम्मेदवार रामअशिष यादव १ हजार २५० र माओवादी केन्द्रका उम्मेदवार माओवादी केन्द्रका श्याम यादवले १ हजार ३९ मत ल्याएका छन् । अन्य प्रदेश सभा निर्वाचनको मतगना अझै सुरु हुन सकेको छैन ।