LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

फाएजा फहमीदा
जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नंं २ मा एमालेका उम्मेदवार रहेका उमाशंकर अरगरीयाले मतननामा धाधली भएको आरोप लगाएका छन् ।
शुक्रवार दिउँसो जनकपुरधाममा पत्रकार सम्मेलन गरि अरगरीयाले जनताको अभिमत विपरित निर्वाचन अधिकृतले गलत मनसाय राखेर नेपाली काँग्रेसका उम्मेदवारलाई निर्वाचित भएको प्रमाणपत्र दिएको आरोप लगाए । अगरीया सत्तारुढ गठबन्धन दल नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण यादवबाट १ सय ५७ मतले पराजित भएको छ । प्रतिनिधी सभाको मतपत्र कुनै प्रावधिक कारणले प्रदेश सभाको मतपेटिकामा परेको र सो मतपत्रलाई समेत काउन्ट्रिङ्ग नगरि सबै मतपत्रलाई बदर गरि एकलौटि रुपमा काँग्रेसका उम्मेदवार यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिएको उनको भनाई थियो ।
निर्वाचन निर्देशिका विपरित निर्वाचन अधिकृत प्राविधिक कारणले अर्को मतपेटिकामा गएको ४ सय मतपत्रलाई बदर गरि आफुमाथि अन्याय गरेको उनले गुनासो गरे । उनले आफुमाथि अन्याय गर्ने निर्वाचन अधिकृत धर्म अवतार कोईरालालाई तत्काल निलम्बन गरि कारर्वाही गर्न माग समेत गरे ।
उनले कुनवडामा कुन उम्मेदवारको कति मत परेको विषयमा सुचना अधिकारको प्रयोग गर्दा पनि सुचना नपाएको बताए । रि काउन्ट्रिङ्ग र मतदान अधिकृत कोईरालाको कारर्वाहीको लागि अदालत जाने उनले चेतावनी समेत दिए ।

 

सम्बन्धित खबर