LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

प्रतिनिधिसभाको जारी मतगणनामा समानुपातिक मतमा घण्टीको अग्रता तोड्दै माओवादी केन्द्रको हँसिया हथौडा अघि बढेको छ।
निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार माआवादी केन्द्रले ८ लाख मत कटाउँदा रास्वपाले पाएको मत संख्या ७ लाख ९९ हजार छ।
निर्वाचन आयोगको तथ्याङ्कअनुसार मध्यान्न १२ सम्म नेकपा माओवादी केन्द्रले आठ लाख १ हजार ३७९ मत प्राप्त गरेर तेस्रो स्थानमा उक्लिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ९९ हजार सात ८२ मत प्राप्त गरेर माओवादीभन्दा पछाडि परेको छ।
समानुपातिक तर्फको पहिलो स्थानमा नेकपा एमाले र दोस्रो स्थानमा कांग्रेस छ। एमालले १८ लाख ९७ हजार २७ मत र कांग्रेसले १८ लाख ३ हजार ३६ मत प्राप्त गरेको छ।
उच्च सुरक्षाबीच तीव्र गतिमा मतगणना भइरहेको छ।

सम्बन्धित खबर