LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

मो.इन्तेखाब आलम
जनकपुरधाम । चुनाव सकिएपछि नेता र जनता विच रहेको माया टाडिएको देखएको छ । यसै कडिमा नेताहरुले चुनाव भरि जनताका लागि उपल्बध गराएको भोज भतेर चुनाव सकिएपछि जनकपुरधाम उपमहानगरपालिका २५ लोहना वासी खेली पासमान उदास भएको बताए । चुनावको बेला मास,मछली र थरि थरिका तरकारीका पकवान खादाँ आफु चुस्त दुरस्त भएको उनले बताए । तर चुनाव सकिएपछि भोज भतेर पनि सकेपछि आफु धेरै दुखी भएको उनले गुनासो पोखो । नेपाल अहिले भ्रस्ट राजनितिका कारण देशको अवस्था डगमागाई रहेको उनले भने ।

नेताले चुनावको बेला थरिथरिका खाना खुवाएर जनता संग वोट माँगने गरेको उनले बताए,। तर यी नेताहरुले नेपालका हरेक जनताको घरमा चुनावको बेला खुवाएको खाना सधैका लागि हरेक नेपालीको घरमा खाना पाकोस भने यस्ता विकासका कार्य कहिले गर्ला उनले गुनासो पोखे । हामी गरिब जनताले चुनावको बेला नेताहरुले राम्रो बोली र मायाका साथ स्वादिस्त खाना खुवाएर राम्रो व्यवहार गर्ने गरेको उनले बताए । नेताहरु चुनावको बेला धेरै नरम र आदरका साथ सबैलाई हेरने गरेको उनले भने ।

चुनाव जितेपछि ५ वर्ष सम्म नेताहरु कहाँ भेटने र उनीहरु राम्रा राम्रा कार र अरामदायी जिन्दगी बिताउनका लागि काठमान्डौ तथा जनकपुरमा मात्र सिमित भएर जान्छ उनले बताए । अब नेताको हातमा देशको विकास रहेको छ, र उनीहरुले चाहे भने हरेक नेपालीले राम्रो खाना राम्रो घर हुन सक्छ तर यो सम्भव काहाँ ? उनले भने । तर जे होस हामी जनताले चुनावको बेला नेताहरुको यस्तो माया र खाना त खायो अब नेताहरुले देशलाई खाउला वा बचाउँला यो समयले बताउँला की उट कुन साईड बस छ, विकास तिर वा विनास तिर ? खेली पासवानले मुसकुराएर भने जय चुनाव…। फोटो समाजिक संजाल

सम्बन्धित खबर