LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

जनकपुरधाम । जनकपुरधामको धार्मिक तथा ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत आज वैवाहिक कार्यक्रम भईरहेको छ ।
तेत्रा युगमा भागवान राम र सीताको विहवाह भएको स्मरणमा मनाईने सताव्यापी रुपमा मनाईन रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत आईतवार दिउँसो भागवान राम र सीता बीच स्थानीय रंगभुमि मैदान वारह विद्यामा स्वयम्वर सम्पन्न भएको थियो । । स्थानीय राम मन्दिरबाट भागवान रामको डोला बजागजासहित वारह विद्या पुगेको थियो । उक्त डोलाको नेतृत्वका राम मन्दिरमा महन्थ राम गिरिले गरेका थिए । त्यपछि जानकी मन्दिरका छोटा महन्थ रोशन दास सीता जिको डोला वारह विद्या पुगेका थिए । त्यहाँ दुवै डोला एक अर्का बीच मिलान र माला फेर गरि स्वय्म्वर गरिएको थियो ।


स्वयम्वर पश्चात जनकपुरधाममा शोभा यात्रा निकालिएको छ । शोभा यात्रामा विवाह पञ्चमी सहभागि भएका नेपाल, भारतका श्रद्र्धालुभक्तजनहरु लाखौको संख्यामा सहभागि भएका थिए । शोभा यात्रामा धनुषा ३ बाट प्रतिनिधी सभामा निर्वाचित सासद जुली कुमारी महतो, प्रदेश सभा सदस्यमा नव निर्वाचित सासद दिपेन्द्र ठाकुर, जिल्ला प्रशासन र सुरक्षा अधिकारीसहितका सहभागिता रहेको थियो । आजै सोमवार राती जानकी मन्दिरको प्राङ्गमा मिथिलाका रितिरिवाज अनुसार भागवान राम र सीत बिच वैवाहिक कार्यक्रम रहेको जानकी मन्दिरका छोटा महन्थ रोशन दासले बताए ।


मिथिलाको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीको दिन मनाईने महोत्सवले नेपाल–भारत बीचको आदिकालीन सांस्कृतिक सम्बन्धका दर्शाउन छन् । भागवान राम र सीताको बीच तेत्रा युगमा भएको वैवाहिक सम्बन्धनले नेपाल र भारत बीचको सम्बन्धलाई बेटी रोटिको सम्बन्धको रुपमा विस्तार भएको यहाँका साधुसन्तहरुको भनाई छ ।

सम्बन्धित खबर