LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । जनकपुरधामको धार्मिक तथा ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत आज वैवाहिक कार्यक्रम भईरहेको छ ।
तेत्रा युगमा भागवान राम र सीताको विहवाह भएको स्मरणमा मनाईने सताव्यापी रुपमा मनाईन रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत आईतवार दिउँसो भागवान राम र सीता बीच स्थानीय रंगभुमि मैदान वारह विद्यामा स्वयम्वर सम्पन्न भएको थियो । । स्थानीय राम मन्दिरबाट भागवान रामको डोला बजागजासहित वारह विद्या पुगेको थियो । उक्त डोलाको नेतृत्वका राम मन्दिरमा महन्थ राम गिरिले गरेका थिए । त्यपछि जानकी मन्दिरका छोटा महन्थ रोशन दास सीता जिको डोला वारह विद्या पुगेका थिए । त्यहाँ दुवै डोला एक अर्का बीच मिलान र माला फेर गरि स्वय्म्वर गरिएको थियो ।


स्वयम्वर पश्चात जनकपुरधाममा शोभा यात्रा निकालिएको छ । शोभा यात्रामा विवाह पञ्चमी सहभागि भएका नेपाल, भारतका श्रद्र्धालुभक्तजनहरु लाखौको संख्यामा सहभागि भएका थिए । शोभा यात्रामा धनुषा ३ बाट प्रतिनिधी सभामा निर्वाचित सासद जुली कुमारी महतो, प्रदेश सभा सदस्यमा नव निर्वाचित सासद दिपेन्द्र ठाकुर, जिल्ला प्रशासन र सुरक्षा अधिकारीसहितका सहभागिता रहेको थियो । आजै सोमवार राती जानकी मन्दिरको प्राङ्गमा मिथिलाका रितिरिवाज अनुसार भागवान राम र सीत बिच वैवाहिक कार्यक्रम रहेको जानकी मन्दिरका छोटा महन्थ रोशन दासले बताए ।


मिथिलाको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीको दिन मनाईने महोत्सवले नेपाल–भारत बीचको आदिकालीन सांस्कृतिक सम्बन्धका दर्शाउन छन् । भागवान राम र सीताको बीच तेत्रा युगमा भएको वैवाहिक सम्बन्धनले नेपाल र भारत बीचको सम्बन्धलाई बेटी रोटिको सम्बन्धको रुपमा विस्तार भएको यहाँका साधुसन्तहरुको भनाई छ ।

सम्बन्धित खबर