LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम- मधेस प्रदेशमा चुनाव लडेका तीनजना मधेस सरकारका बहालबाला मन्त्री पराजित भएका छन्।
मंगलबार आएको अन्तिम मत परिणामअनुसार चुनाव लडेका मुख्यमन्त्रीसहित ७ जनामध्ये तीनजना मन्त्री पराजित भएका हुन्। यस्तै, चारजना भने निर्वाचित भएका छन्।मधेस सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजय यादव, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो पराजित भएका हुन्।मधेस सरकारका मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकासमन्त्री नवल किशोर साह, कानुन न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादव र गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह निर्वाचित भएका छन्।सप्तरी क्षेत्र नं. २ को (क) बाट जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह जनमत पार्टीका सतिश कुमार सिंहबाट पराजित भएका हुन्। सिंह १६ हजार ७३४ मत ल्याएर निर्वाचित हुँदा अर्थमन्त्री साहले ८ हजार २९२ मत मात्र ल्याए।यस्तै, सिरहा क्षेत्र नं. २ को (क) बाट लडेका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजय यादव जनमत पार्टीकै उम्मेदवार संजय कुमार यादवबाट पराजित भएका हुन्। निर्वाचित भएका यादव १२ हजार १७१ मत ल्याउँदा कृषिमन्त्री यादवले ११ हजार ५२७ मत प्राप्त गरे।धनुषा क्षेत्र नं. ४ को (ख) बाट बाम-लाेकतान्त्रिक गठबन्धनकाे तर्फबाट नेकपा एकीकृत समाजवादीबाट चुनाव लडेका उद्योग, पर्यटन तथा वनमन्त्री एमालेका उम्मेदवार हरिनारायण महतोसँग पराजित भएका हुन्।हरिनारायण महतोले १७ हजार ३०२ मत ल्याउँदा मन्त्री महतोले १५ हजार ९६० मत मात्र ल्याए। दुबैजना पूर्व सहकर्मी हुन्।
यसैगरी, मधेस सरकारका मुख्यन्त्री लालबाबु राउत प्रदेशसभामा दोस्रो पटक निर्वाचित भएका हुन्। राउत पर्साको क्षेत्र नं. १ को (ख) बाट जसपाबाट उम्मेदवार बन्दै नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीलाई पराजित गरेका हुन् । राउतले ७ हजार ५४५ मत ल्याउँदा कुर्मीले ६ हजार २१२ मत प्राप्त गरे।सामाजिक विकासमन्त्री नवल किसोर साह सुडी भने प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। सप्तरी १ बाट चुनाव लडेका साहले २३ हजार ६०४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका जयकान्त राउनले १९ हजार ९९६ मत प्राप्त गरे।यस्तै, गृह तथा सञ्चारमन्त्री माओवादी केन्द्रका भरतप्रसाद साह निर्वाचित भए। उनले ८ हजार ३७१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका रामश्रेष्ठ महतोले ५ हजार ८७१ मत प्राप्त गरे।यस्तै, सिरहा ३ को (ख) बाट उम्मेदवार बनेका कानून न्याय तथा प्रदेशसभा मामिलामन्त्री एवं नेकपा एसका प्रमोद कुमार यादव पुनः निर्वाचित भएका छन्।उनले ९ हजार ९७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका संजय प्रकाश यादवले ८ हजार १४ मत प्राप्त गरे।

 

सम्बन्धित खबर