LIVE
सात दलले बहिष्कार प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक | आन्दोलनरत सात दललाई वार्तामा आउन मुख्यमन्त्री यादवको आग्रह | सभामुखविरुद्धको प्रस्ताव वारे सात दलले लिए उपसभामुख राउतसँग जानकारी | प्रदेशको राजनीतिक अवस्थाप्रति प्रदेश प्रमुख डा.लाभद्वारा चिन्ता व्यक्त | सभामुख मण्डल पदीय म्यार्दा विपरित व्यवहार प्रदर्शन गरेको सात दलको आरोप | धनुषामा गोलि प्रहार गरि वडाध्यक्षको हत्या | मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको भन्दै सात दलको भोलि पनि विरोधमा कार्यक्रम | भित्र मुख्यमन्त्रीको पदभार ग्रहण, बाहिर प्रहरी र प्रदर्शनकारी बीच झडप | दलहरू कांग्रेसलाई नेतृत्व दिन तयार भए राजीनामा दिन तयार छु : मुख्यमन्त्री यादव | विद्रोही सांसद रहबर अन्सारी, ढाल्यो सोनल सरकार ! |

नेपाली कांग्रेसका नेता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले जितेका छन् । सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उनले आफ्ना निकटतम् प्रतिस्पर्धी एमालेका जगदिश प्रसाद कुसियैतलाई ११२ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।
मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गरेर विजयी हुँदा कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् । नेपाल सरकारका प्रवक्तासमेत रहेका कर्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन् ।
कार्की २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए । नेपाल सरकारका अर्थमन्त्री समेत भइसकेका कार्की विद्यार्थी अवस्थादेखि नै राजनीतिमा सक्रिय थिए । उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य पनि हुन् ।

सम्बन्धित खबर