LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा समूह ईका स्पेन र जापान तथा जर्मनी र कोस्टारिकाबीचको २ खेल आज एउटै समय राति पौने १ बजे देखि शुरु हुनेछ । जारी विश्वकपको यो नै एउटा त्यस्तो समूह हो जसमा दुई पूर्व विजेता रहेका छन् ।विश्वकपअघि २०१० को च्याम्पियन स्पेन र २०१४ को च्याम्पियन जर्मनीलाई यस समूहबाट नकआउट चरण पुग्ने टिमको रुपमा हेरिएको थियो । तर समूह चरणमा हरेक टिमले दई दुई खेल खेलेपछि यस समूहको खेल रोमाञ्चक बनेको छ ।यो समूहको पहिलो खेलमै जर्मनी जापानसँग स्तब्ध भयो, स्पेनले कोस्टारिकाको पोष्टमा ७ गोल गर्‍यो भने अर्को खेलमा कोस्टारिकाले जापानलाई हरायो ।

आज अन्तिम खेल खेल्न लागेका यो समूहका चारै टिमको अन्तिम १६ मा पुग्ने सम्भावना भने कायम छ ।आजराति स्पेन र जापान तथा जर्मनी र कोस्टारिकाबीच हुने खेलपछि अगाडि बढ्ने र बाहिरिने टिमको टुङ्गो लाग्नेछ । यस समूहमा एक जित र एक बराबरीबाट ४ अंकसहित स्पेन शीर्ष स्थानमा छ । जापान र कोस्टारिकाको समान ३ अंक छ र क्रमशस् दोस्रो र तेस्रो स्थानमा छ । दुवैले एक खेल जित्दा एक खेल हारेका थिए । यस्तै एक बराबरीबाट १ अंक जोडेको जर्मनी पुछारमा छ ।यस समूहबाट स्पेन सहज अवस्थामा देखिन्छ भने जर्मनीलाई धेरै दबाब छ । जापान र कोस्टारिका भने आफू अनुकुल नतिजाको पर्खाईमा छन् ।

कसलाई के नतिजा चाहिन्छ

स्पेनको लागि जापानसँग जित वा बराबरीले अन्तिम १६ मा स्थान बन्नेछ । जापानलाई पराजित गरेमा स्पेन समूह विजेता नै बन्नेछ । जापानसँग पराजित भए पनि स्पेन अन्तिम १६ मा पुग्ने सम्भावना रहन्छ । त्यसका लागि जर्मनी र कोस्टारिकाले बराबरी खेल्नुपर्छ कि जर्मनीले हार टार्नुपर्छ । जापानसँग हार बेहोरेको र कोस्टारिकाले जर्मनीलाई हराएको स्थितिमा स्पेन आउट हुनेछ ।जापानको लागि भने अन्तिम १६ मा पुग्न स्पेनलाई हराउनुपर्नेछ ।

स्पेनसँग पराजित भएमा भने जापान समूह चरणबाट बाहिरिनेछ । स्पेनसँग बराबरी भएमा भने जापानले अर्को खेलको नतिजामा भर पर्नुपर्नेछ । पहिलो खेलमा कोस्टारिकालाई ७(० ले हराएको स्पेन दोस्रो खेलमा जर्मनीसँग १(१ को बराबरीमा रोकिएको थियो । पहिलो खेलमा जर्मनीलाई २(० ले स्तब्ध पारेको जापान दोस्रो खेलमा भने कोस्टारिकासँग स्तब्ध भयो । जापान फेरि जर्मनीसँगको खेलको जस्तै अर्को अप्रत्यासित नतिजाको खोजीमा छ ।अर्को खेलमा कोस्टारिका र जर्मनी खेल्दा दुवैको लक्ष्य जित नै हुनेछ । जर्मनीलाई पराजित गरेमा कोस्टारिका अन्तिम १६ मा पुग्नेछ ।

यस्तै जर्मनीसँग बराबरीले पनि कोस्टारिका अघि बढ्न सक्छ तर त्यसका लागि स्पेनले जापानलाई हराउनुपर्नेछ । दुवै खेल बराबरी भएमा र जर्मनीसँग पराजित भएमा कोस्टारिका बाहिरिनेछ ।जर्मनीको लागि नकआउट चरणमा स्थान बनाउने हो भने कोस्टारिकाविरुद्धको खेल जसरी पनि जित्नैपर्नेछ । अर्को खेलमा स्पेनले जापानलाई पराजित गरेमा जर्मनी आफ्नो खेल जित्दै अन्तिम १६ मा पुग्नेछ ।यदी जापानले स्पेनलाई हराएमा भने जर्मनी र स्पेनको समान ४ अंक हुनेछ यसमा गोल अन्तर निर्णायक हुनेछ । जर्मनीको लागि सबैभन्दा राम्रो समीकरण भनेको आफ्नो खेल जित्ने अनी स्पेनले पनि जापानलाई हराउनुपर्छ । बराबरी वा हारले भने जर्मनी समूह चरणबाटै बाहिरिनेछ ।

सम्बन्धित खबर