LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

काठमाडौं । ‘ब्रोकब्याक माउण्टेन’ र ‘लाइफ अफ पाइ’जस्ता फिल्मबाट ओस्कार अवार्ड जितेका निर्देशक आङ लीले मार्सल आर्ट्स स्टार ब्रुस लीको जीवनमाथि फिल्म बनाउने भएका छन् ।फिल्ममा ब्रुस्लीको भूमिका चाहिं उनका छोरा मासोन लीले निर्वाह गर्ने भएका छन् । हलिउड स्टुडियो सोनी पिक्चर्ससँग मिलेर बनाउन लागिएको यो फिल्मबारे प्रि(प्रोडक्सन सुरु भएको छ । डन फटरम्यानले अहिले ब्रुस लीको जीवनमाथि पटकथा लेखिरहेका छन् ।३२ वर्षको उमेरमा सन् १९७३ मा निधन भएका ब्रुस लीले फिल्ममा मार्सल आर्ट्सलाई स्थापित गरेका थिए । उनी अभिनित फिस्ट अफ फ्युरी, इन्टर द ड्रागन, द वे अफ ड्रागन चर्चित मार्सल आर्ट्स फिल्महरु हुन् ।ब्रुस लीलाई पूर्व र पश्चिम संसारलाई जोड्ने सेलिब्रिटी पुलको रुपमा समेत लिन्छ । विश्वमा मार्सल आर्ट्स र एक्सन फिल्ममा क्रान्ति ल्याउन उनको भूमिका महत्वपूर्ण छ ।

सम्बन्धित खबर