LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

प्रहरीले हत्या आरोपमा बारामा एक जनालाई पक्राउ गरेको छ।
जिल्लाको कोल्हवी नगरपालिका–११ का ४३ वर्षीय परीक्षण चौधरीको हत्या गरी खाल्डोमा गाडेको आरोपमा प्रहरीले १८ वर्षभन्दा कम उमेरको भएको एकजनालाई पक्राउ गरेको छ ।बिहीबार बिहान चौधरीको शव गोठघर पछाडि खाल्डोमा पुरिएको अवस्थामा फेला परेको थियो। घटनास्थलमा फेला परेको चप्पलको आधारमा ती बालकलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए।
प्रहरीका अनुसार बुधबार राति गाउँकै रामपुकार चौधरीको नास्ता पसलमा रक्सी सेवन गरी घर जाने क्रममा परीक्षणले बालकसँग अप्राकृतिक मैथुन गर्न खोजेका थिए। सो क्रममा बालकले दाउराले प्रहार गरी चौधरीको हत्या गरी खाल्टो खनी गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थापाले बताए।
यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सम्बन्धित खबर