LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । धनुषामा जग्गाको विवाद लिएर दुई छिमेकी बीच विवाद हुदाँ एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।
मृत्यु हुनेमा धनुषा मिथिला विहारी नगरपालिका ४ बस्ने अन्दाजी ५३ वर्षिय प्रभु साह रहेका छन् भने घाइते हुनेहरुमा मृतकका श्रीमती महाजनी यादव, जेठो छोरा जगरनाथ यादव, मझिलो छेरा सन्तोष यादव र कान्छा छोरा अकोश यादव रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको उपचार जनकपुरको प्रदेशिक अस्पतालमा भईरहेको छ । घाईते मध्ये सन्तोष यादवको अवस्थामा चिन्ताजनक रहेको छ । मृतकको शव पोस्टमाटमको लागि प्रदेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
घाईते अशोक यादवका अनुसार विहिवार राती ८ वजेको समयमा आफुहरु खाना खाएर घरको बरण्डामा आगो तापिरहेको वेला स्थानीय सुरज यादवले १०÷१२ जनाको समुहमा घरेलु हतियार लिएर आएर आक्रमण गरेको थियो । उनले बुबा यादवको घटना स्थलमै मृत्यु भएको बताए ।
मृतक प्रभु यादव र स्थानीय सुरज यादवको खेतको आलि सँगै जोडिएको छ । सोही आलिको विषयमा विवाद दुई महिनादेखि उनीहरुको विवाद हुदै आएको प्रराम्भिक अनुसन्धानमा देखिएको धनुषाका प्रहरी नायव उपरीक्ष दिपक रायले बताए । घटनामा आरोपित मध्ये ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडी बढाएको उनले बताए ।

 

 

सम्बन्धित खबर