LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

जनकपुरधाम । धनुषामा जग्गाको विवाद लिएर दुई छिमेकी बीच विवाद हुदाँ एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।
मृत्यु हुनेमा धनुषा मिथिला विहारी नगरपालिका ४ बस्ने अन्दाजी ५३ वर्षिय प्रभु साह रहेका छन् भने घाइते हुनेहरुमा मृतकका श्रीमती महाजनी यादव, जेठो छोरा जगरनाथ यादव, मझिलो छेरा सन्तोष यादव र कान्छा छोरा अकोश यादव रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको उपचार जनकपुरको प्रदेशिक अस्पतालमा भईरहेको छ । घाईते मध्ये सन्तोष यादवको अवस्थामा चिन्ताजनक रहेको छ । मृतकको शव पोस्टमाटमको लागि प्रदेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
घाईते अशोक यादवका अनुसार विहिवार राती ८ वजेको समयमा आफुहरु खाना खाएर घरको बरण्डामा आगो तापिरहेको वेला स्थानीय सुरज यादवले १०÷१२ जनाको समुहमा घरेलु हतियार लिएर आएर आक्रमण गरेको थियो । उनले बुबा यादवको घटना स्थलमै मृत्यु भएको बताए ।
मृतक प्रभु यादव र स्थानीय सुरज यादवको खेतको आलि सँगै जोडिएको छ । सोही आलिको विषयमा विवाद दुई महिनादेखि उनीहरुको विवाद हुदै आएको प्रराम्भिक अनुसन्धानमा देखिएको धनुषाका प्रहरी नायव उपरीक्ष दिपक रायले बताए । घटनामा आरोपित मध्ये ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडी बढाएको उनले बताए ।

 

 

सम्बन्धित खबर