LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

ज्नकपुरधाम ।
मधेश प्रदेशका मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईको गएराती निधन भएको छ ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारण सभामा सहभागि हुन शुक्रवार सर्लाही पुगेका भटट्राईको आज विहान पौनो ९ वजे राती बसेको रिर्पोटमै मृत अवस्थामा फेला परेका छन् । सर्लाही शाखाको आज शनिवार साधारण सभा राखिएको थियो । सोही क्रममा उनी मधेश प्रदेशका आमसञ्चार प्राधिकरणका अध्यक्षका श्याम सुन्दर यादव र नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष राजेश कर्णसँगै एउटै गाडीमा शुक्रवार साँझ सर्लाहीको लालबन्दी पुगेका थिए । सर्लाहीको लालबन्दी नगरपालिका–१३ स्थित पथर कोटमा रहेको होलिडे रिर्पोटमा उनीहरुसँगै रातीका खाना खाएका थिए । खाना पश्चात सबै जना अ आफ्नो कोठामा सुत्न गएका थिए ।
नेपाल पत्रकार महासंघका सर्लाही शाखाका पुर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका कोषध्यक्ष विश्वनाथ ठाकुरका अनुसार आज विहान साधारण सभाको सुरु हुने क्रममा उहाँ कार्यक्रममा सहभागि नभएपछि सबैले सोधखोज गर्दा उनी राती सुतेको कोठामा मृत अवस्थामा भेटिएका हुन । भटट्राई बसेको कोठामा टेबलबाट औषधी तल खसेको छ । घटनाको प्राम्भिर अवस्थामा उनको हृदयघातले मृत्यु भएको हुन सक्ने देखिपनि प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । भट्टाराईको निधनले महासंघ सर्लाही शाखाको साधारण सभा समेत स्थगित गरिएको छ । भट्टाराई सप्तरीको राजविराज ७ निवासी हुन । उनी पहिला देखि नै डाईभिटिज र बल्डप्रेसरका सिकार थिए ।

 

सम्बन्धित खबर