LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिवद्ध भएर लागिपर्ने बताएका छन् ।सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको पनि धारणा राखे । शनिबार जनमत पार्टीले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै निराश हुन नदिने प्रतिवद्धता जनाए ।‘कतिपयले त अन्तिम आशा समेत भन्नुहुन्छ ।

मलाई त्यो शब्द प्रयोग गर्दा एकदम डर लाग्छ । अन्तिम आशा किन खतरनाक लाग्छ भन्दाखेरि हामीले यदि काम गर्न सकेनौ भने के हुन्छ रु’ उनले भने, ‘अन्तिम आशा तोडियो भने के हुन्छ त देश निराशामा जान्छ । जनता निराशामा जान्छन् । त्यो भएर यदि जनताले हामीलाई अन्तिम आशाको रुपमा देखेका छन् भने हाम्रो पनि जिम्मेवारी त्यही स्तरको हुनुपर्छ, हाम्रो पनि मनस्थिति डू एण्ड डाई ९गर या मर० को हुनुपर्दछ ।’एउटा व्यक्ति सांसद, मन्त्री वा प्रधानमन्त्री हुँदैमा केही गर्न नसकिने तर सबैको सहयोग पाए जनताको हितमा काम गर्न सकिने उनको भनाइ छ ।

अध्यक्ष राउतले जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढ्ने पटक पटक दोहोर्‍याए ।के भने सीके राउतले हामीले सपना देख्यौं देशको समृद्धिको, समानताको, भाइचाराको । त्यसलाई आगामी दिनमा हामी पूरा गर्न प्रतिवद्ध रहनेछौं । आफ्ना एजेण्डाहरुप्रति इमान्दार रहनेछौं र, त्यही अनुरुप काम गर्नेछौं भन्न चाहन्छु । तपाईहरुले मलाई यहाँसम्म पुर्‍याइदिनुभयो, तपाईहरुको पनि काम सिद्धियो भन्ने होइन, यो त यात्राको नयाँ मोडको सुरुवात मात्रै हो । यहाँबाट तपाईहरुको सहयोग झन् बढी चाहिन्छ ।अब काम गर्ने बेला आयो, काम गर्ने ठाउँमा पुग्यौं ।

यतिबेला तपाईंहरुको सहयोग झन् बढी हामीलाई चाहिन्छ । तपाईंहरु जुनसुकै वर्गको हुनुहोस् । विद्यार्थी हुनुहुन्छ, कर्मचारी हुनुहुन्छ, अधिवक्ता हुनुहुन्छ, पत्रकार हुनुहुन्छ, व्यवसायी हुनुहुन्छ । जुनसुकै वर्गबाट भए पनि तपाईहरुको व्यापक सहयोग हामीलाई आवश्यक पर्दछ । हामीले जुन एजेण्डा लिएर अगाडि बढेका छौं, जुन सपना देखेका छौं, जनताले जुन अपेक्षा हामीसँग राखेका छन्, त्यो अपेक्षा कति ठूलो छ भन्ने तपाईँहरुलाई पनि अनुमान छ, तपाईहरुले पनि बुझ्नुहुन्छ ।कतिपयले त अन्तिम आशा समेत भन्नुहुन्छ । मलाई त्यो शब्द प्रयोग गर्दा एकदम डर लाग्छ ।

अन्तिम आशा हो भनिदिनु हुन्छ । अन्तिम आशा किन खतरनाक लाग्छ भन्दाखेरि हामीले यदि काम गर्न सकेनौ भने के हुन्छ रु अन्तिम आशा तोडियो भने के हुन्छ त रु देश निराशामा जान्छ । जनता निराशामा जान्छन् । त्यो भएर यदि जनताले हामीलाई अन्तिम आशाको रुपमा देखेका छन् भने हाम्रो पनि जिम्मेवारी त्यही स्तरको हुनु पर्दछ । हाम्रो पनि मनस्थिति डू एण्ड डाईको हुनुपर्दछ ।त्यही भएर म तपाईहरुसँग पनि आग्रह गर्न चाहन्छु–तपाईहरु जहिले पनि हामीलाई सहयोग गर्ने अवस्थामा रहनुस् । सहयोग गर्न तयार रहनुस् । हामी तपाईलाई सहयोग गर्न जहिले पनि राति पनि आउन सक्छौं । दिउँसो पनि आउन सक्छौं । जतिबेला पनि आउन सक्छौं ।

तर यो तपाईंहरुको सहयोगले नै सम्भव हुनेछ । जनताले जुन अपेक्षा राखेका छन्, त्यो एक जना व्यक्तिले सांसद हुँदैमा, मन्त्री हुदैमा वा प्रधानमन्त्री हुँदैमा पनि पूरा हुने होइन ।हामी सबै मिलेर जुन सपना हामीले देख्यौं, त्यसको लागि दिनरात काम गर्न सक्यौ भने मात्रै हामी जनअपेक्षामा खरो उत्रन सक्छौं । म तपाईहरुलाई विशेष आग्रह गर्न चाहन्छु–आगामी दिनमा पनि तपाईंहरुको सल्लाह, सुझाव जे छ, त्यो खुला हृदयले दिनुहोस् । म त्यसलाई लिइराख्छु, सुन्छु । त्यही अनुसार मनन गर्छु । काम गर्छु । र, हामीले कतै पनि बाटो बिराएको खण्डमा तपाईंहरु एकदम निर्धक्क भएर मलाई रोक्नुहोस् । किनभने मलाई बनाएको। नै तपाईहरुले हो ।

सम्बन्धित खबर