LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । समूहको अन्तिम खेलमा सर्वियामाथि ३\२ गोलअन्तरको रोमान्चक जितसहित स्वीट्जरल्याण्डले समूह जी को उपविजेताका रुपमा विश्वकपको अन्तिम १६ मा स्थान पक्का गरेको छ ।बराबरी नै पर्याप्त रहेको स्वीट्जरल्याण्डका लागि लिभरपुलका स्ट्राइकर जर्दान शाकिरीले खेल सुरु भएको बीसौं मिनेटमा गोल गरी सुरुवाती अग्रता बनाएका थिए ।तर, त्यसको १५ मिनेटअन्तरमै सर्वियाले दुई गोल फर्काएर खेलमा अग्रता बनायो । सर्वियाली सेन्टर फरवार्डहरु अलेक्जान्दर मित्रोभिचले २६औं र डुसान लाहोभिचले ३५औं मिनेटमा गोल गरेका हुन् ।

खेलको रोमान्चकता त्यतिमा मात्र सीमित भएन । पहिलो हाफको अन्तिममा ब्रिल एम्बोलोले क्लोज रेन्जबाट गोल गरेपछि खेल २९२ गोलको बराबरीमा आयो ।नकआउट चरणमा स्थान पक्का गर्न जितको विकल्प नभएको सर्वियाका लागि दोस्रो हाफमा पुनरागमनको अवसर थियो । तर, दोस्रो हाफको खेल सुरु भएलगत्तै स्वीस टिमले अग्रता बनायो । रेमो फ्रेलरले हाफ भलीमार्फत शानदार गोल गरेका थिए ।बाँकी समयमा दुवै टिमले गोलका अवसर पाएका थिए । तर, गोल हुन सकेन । यो नतिजाले स्वीट्जरल्याण्डले अन्तिम १६ मा समूह एचको विजेता पोर्चुगलसँग खेल्ने निश्चित भएको छ । यो हारले सर्विया समूहबाटै घर फर्केको छ ।

सम्बन्धित खबर