LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

काठमाडौं । समूहको अन्तिम खेलमा सर्वियामाथि ३\२ गोलअन्तरको रोमान्चक जितसहित स्वीट्जरल्याण्डले समूह जी को उपविजेताका रुपमा विश्वकपको अन्तिम १६ मा स्थान पक्का गरेको छ ।बराबरी नै पर्याप्त रहेको स्वीट्जरल्याण्डका लागि लिभरपुलका स्ट्राइकर जर्दान शाकिरीले खेल सुरु भएको बीसौं मिनेटमा गोल गरी सुरुवाती अग्रता बनाएका थिए ।तर, त्यसको १५ मिनेटअन्तरमै सर्वियाले दुई गोल फर्काएर खेलमा अग्रता बनायो । सर्वियाली सेन्टर फरवार्डहरु अलेक्जान्दर मित्रोभिचले २६औं र डुसान लाहोभिचले ३५औं मिनेटमा गोल गरेका हुन् ।

खेलको रोमान्चकता त्यतिमा मात्र सीमित भएन । पहिलो हाफको अन्तिममा ब्रिल एम्बोलोले क्लोज रेन्जबाट गोल गरेपछि खेल २९२ गोलको बराबरीमा आयो ।नकआउट चरणमा स्थान पक्का गर्न जितको विकल्प नभएको सर्वियाका लागि दोस्रो हाफमा पुनरागमनको अवसर थियो । तर, दोस्रो हाफको खेल सुरु भएलगत्तै स्वीस टिमले अग्रता बनायो । रेमो फ्रेलरले हाफ भलीमार्फत शानदार गोल गरेका थिए ।बाँकी समयमा दुवै टिमले गोलका अवसर पाएका थिए । तर, गोल हुन सकेन । यो नतिजाले स्वीट्जरल्याण्डले अन्तिम १६ मा समूह एचको विजेता पोर्चुगलसँग खेल्ने निश्चित भएको छ । यो हारले सर्विया समूहबाटै घर फर्केको छ ।

सम्बन्धित खबर