LIVE
ई–रिक्सा चालकको लाइसेन्स प्रक्रियामा सवलिकरण ल्याउन माग | मधेशका जिल्लाहरुमा चैती पर्व मनाईदै | मुख्यमन्त्री यादवद्वारा सय दिनको उपलब्धी सार्वजनिक | मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान |

काठमाडौं । पाकिस्तानी फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’ले विश्व बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । रिलिज भएयता फिल्मले विश्वभर २२० करोड भारु कमाएको छ ।यसले यो वर्ष रिलिज भएका भारतका केही ब्लकबस्टर फिल्मलाई पनि उछिनेको छ । बेलायत र नर्वेजस्ता युरोपेली देशमा यसले आरआरआर, केजीएफ(२ र बजरंगी भाइजान जस्ता फिल्मलाई पछाडि छाडेको छ ।फवाद खान स्टारर फिल्म पाकिस्तानी फिल्म उद्योगको अहिलेसम्मकै सबैभन्दा महँगो र सर्वाधिक कमाउने फिल्म हो ।

फिल्मले विश्वभर एक करोड अमेरिकी डलर अर्थात् २२० करोड रुपैयाँ कमाएको जनाइएको छ ।यो कमाइमा पाकिस्तानबाट फिल्मले ८७।५० करोड रुपैयाँ र विदेशबाट १३२।५० करोड रुपैयाँ विदेशबाट कमाइ भएको छ ।यसले भारतका आरआरआर, केजीएफ(२ जस्ता ब्लकबस्टर फिल्मलाई बेलायत, नर्वे र खाडी देशमा कमाइको मामिलामा पछाडि छोडेको छ । यो फिल्म १३ अक्टोबर २०२२ मा रिलिज भएको थियो ।यसले बेलायतमा १३।९२ करोड रुपैयाँ कमाएर दक्षिण एसियाकै सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राख्यो ।

यसअघि २०१८ मा फिल्म ‘पद्मावत’ले बेलायतमा सबैभन्दा धेरै कमाइ गरेको थियो ।यसबाहेक यो फिल्म ‘बजरंगी भाइजान’लाई उछिन्दै नर्वेमा सबैभन्दा धेरै कमाउने दक्षिण एसियाली फिल्म बनेको छ । फिल्मले अमेरिका, अष्ट्रेलिया र क्यानडा जस्ता देशमा पनि राम्रो व्यापार गरिरहेको छ ।यो फिल्म भारतमा पनि २३ डिसेम्बरमा रिलिज हुने खबर आएको थियो तर अहिलेसम्म आधिकारिक घोषणा भने भएको छैन । सन् २०१९ देखि भारत र पाकिस्तानबीच सांस्कृतिक प्रतिबन्ध छ ।

भारतीय फिल्म न त पाकिस्तानमा रिलिज हुन्छ, न त पाकिस्तानी फिल्म भारतमा ।बिलाल लासारीको निर्देशनमा बनेको फिल्ममा फवाद खान र माहिरा खान मुख्य भूमिकामा छन् भने हमजा अली अब्बासी सहायक भूमिकामा छन् ।द लिजेन्ड अफ मौला जट्ट’ सन् १९७९ को कल्ट क्लासिक फिल्म मौला जट्टको रिमेक हो । फिल्मका मुख्य अभिनेता फवाद खान पाकिस्तानमा मात्र नभई बलिउडमा पनि निकै चर्चित छन् । उनले विगतमा ‘खूबसूरत’, ‘कपुर एण्ड सन्स’ र ‘ऐ दिल है मुश्किल’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।

सम्बन्धित खबर