LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम, ।मधेश प्रदेश सरकारले यस वर्ष कक्षा ९ मा अध्ययनरत छात्रालाई झोला वितरण गर्ने लागेको छ ।दुई वर्ष पहिला कक्षा ८ मा अध्ययनरत छात्रालाई बाँडेको साइकल खरिदमा अनियमितताको आशंकापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यससम्बन्धी फाइलहरू मुख्यमन्त्रीको कार्यालयबाट लिएर गएको थियो।त्यसपछि आयोगले १० जना कर्मचारी र साइकल बिक्री गर्ने कम्पनीविरुद्ध मुद्दा नै दायर गरेको थियो ।

यसपटक पनि मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयमातहतको शिक्षा विकास निर्देशनालयले एउटा कम्पनीलाई ठूलो धनराशी खर्चिएर झोला खरिदको ठेक्का दिएको छ ।न्यु आनन्द ट्रेड हाउस प्रालीसँग चार करोड ९६ लाख ९३ हजार ६ सय ८२ रुपैयाँमा ज्योमेट्रिक बक्ससहितको ब्याग खरिद गर्न लागेको हो । सबैभन्दा कम कबोल गरेको भन्दै झोला किन्न लागेको निर्देशनालयले जानकारी दिएको छ ।यी सबै कार्यक्रम प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानका रुपमा ल्याइरहेको छ ।

अभियान अन्तर्गत साइकल वितरणलाई चालू आर्थिक वर्षको बजेटमार्फत निरन्तरता दिइएको छ। यसमा सम्बन्धित विद्यालयको सिफारिशमा विद्यार्थीको खातामा रकम पठाउने व्यवस्था गरिएको छ ।यसअघि मुख्यमन्त्री कार्यालयले आफैं साइकल वितरण गर्दै आएको थियो। साइकल वितरणमा अनियमितता भएको र अख्तियारले समेत छानबिन गरिरहेको अवस्थामा अब सम्बन्धित विद्यार्थीको खातामा रकम पठाउने व्यवस्था गरिएको हो। कक्षा १२ मा अध्ययनरत छात्राका लागि ल्यापटप वितरण योजना ल्याइएको छ। अभियानका लागि ७७ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको हो।

सम्बन्धित खबर