LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

काठमाडौं । मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुइले कतार विश्वकपमा आफ्नो टोलीको हरेक खेल फाइनलसरह भएको टिप्पणी गरेका छन् ।मोरक्कोले मंगलबार राती क्वाटरफाइनल प्रवेशका लागि सन् २०१० को विश्व च्याम्पियन स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।‘विश्वकपमा छनोट भएलगत्तै मैले मेरा खेलाडीहरुसँग हामीले फाइनल मात्र खेल्नेछौं भनेको थिएँ । त्यसैले यो हाम्रो चौथो फाइनल हो,’ खेलअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक रेग्रागुईले भने, ‘हामी आफ्नो मूल्य, सिद्धान्त र क्षमताका साथ प्रयास गर्नेछौं र जित्नेछौं । जसरी यसअघिका खेलहरुमा गर्दै आएका छौं ।

’प्रशिक्षक रेग्रागुईका अनुसार उनको टिमले समूह चरणमा क्यानडालाई २–१ ले हराउने क्रममा दोस्रो हाफमा गरेको प्रदर्शन कायम राखेमा स्पेनलाई पराजित गर्न सकिन्छ ।‘यो खेल निकै कठिन हुनेछ । स्पेन संसारकै उत्कृष्ट टिममध्येको एक हो । उनीहरु यो प्रतियोगिता उपाधि दावेदारसमेत हुन्,’ उनले पत्रकार सम्मेलनमा थपे, ‘मानसिक रुपमा हामी तयार हुनुपर्छ । मलाई क्यानडाविरुद्ध दोस्रो हाफमा गरेको प्रदर्शन राम्रो लाग्यो । जतिबेला हामी कठिन स्थितिबाट माथि उठ्न उदाहरणीय सामुहिक खेल प्रदर्शन गरेका थियौं । स्पेनविरुद्ध म यही आशा गर्छु कि हामी सोही प्रदर्शनलाई कायम राख्न सकौं ।’

सम्बन्धित खबर