LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनता समाजवादी पार्टी ( जसपा) का अध्यक्ष उपेन्द्र यादवले आइतबार सत्ता गठबन्धनसँग निकटता बढाउन खोजेको संकेत गरेका थिए । तर, अर्का नेता अशोक राई तत्काल एमालेसँगको तालमेल तोड्ने पक्षमा देखिएका छैनन् ।
खुमलटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेपछि अध्यक्ष यादवको बोली फेरिएको थियो । यादवले प्रचण्डसँगको भेटपछि एमालेसँगको चुनावी तालमेल सकिएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
त्यसले यादवको रोजाइ सत्ता गठबन्धन हो भन्ने सन्देश प्रवाहित गराएको थियो । यादवको भनाइ सार्वजनिक भएको तीन दिनपछि संघीय परिषद्का अध्यक्ष अशोक राईले भने यादवको भनाइ व्यक्तिगत भएको प्रतिक्रिया दिए । र, थपेका पनि छन्, एमालेसँगको सहकार्यको औचित्य सकिइसकेको छैन । राईले त्यसो भन्नुको अर्थ यादवको विपक्षी धार समात्ने प्रयत्न हो वा एमालेसको सहयोगमा निर्वाचित भएका राईको बाध्यता हो भन्ने चाहिँ प्रष्ट छैन ।एमालेको साथ पाएर सुनसरी १ बाट निर्वाचित राई संभवत संसदीय दलको नेता पनि हुनेछन् । संघीय परिषद्को अध्यक्ष रहेकोले वरीयतामा यादवपछि दोस्रो रहेका राई संसदीय दलको नेताका लागि स्वभाविक दाबेदार हुन् । अध्यक्ष यादव सप्तरी २ बाट पराजित भएपछि जसपाको आन्तरिक विवाद पनि बढ्न थालेको छ ।त्यसो त, एउटा पंक्ति ससदीय दलमा राईलाई भन्दा पनि राजकिशोर यादवलाई अगाडि बढाउनुपर्ने मत राखिरहेको जसपा स्रोतको भनाइ छ । स्रोतका अनुसार राईले त्यही बुझेर एमालेसँगको सहकार्य नसकिएको बताएका हुनसक्छन् । जसपाका अध्यक्ष यादव र संघीय परिषद्का अध्यक्ष राईबीच सातादिन नबित्दै फरक अभिव्यक्ति आउनुले पनि जसपाभित्र फरक धार रहेको विश्लेषण हुन थालेको हो । सप्तरी २ मा सीके राउतसँग यादव पराजित हुँदा राई ०५१ सालपछि पहिलोपटक प्रत्यक्ष निर्वाचित भए ।
यी दुवै नेताका लागि एमाले भने रोचक संयोग बनेको छ । ०४८ सालमा एमालेबाट उम्मेदवार थिए उपेन्द्र यादव । एमाले राजनीतिमा सक्रिय यादव त्यतिबेला सुनसरी १ बाट उम्मेदवार थिए । तर, उनले त्यतिबेला जित निकाल्न सकेनन् । तर, त्यतिबेला राई भने खोटाङबाट निर्वाचित भएका थिए ।एमालेबाट उम्मेदवार भएका यादव पराजित भएपछि उनी दोस्रोपटक ०६४ मा मात्रै उम्मेदवार भए । तर, उनी मधेस आन्दोलन गरेर नयाँ पार्टीको रूपमा अगाडि आए । त्यसयता निरन्तर निर्वाचित यादव एमालेकै साथ लिएर ०७९ मा पराजित भए । अर्थात्, एमालेसँग सहकार्य गर्दा यादवले पराजय भोगेका छन् । अनि, राईले भने एमाले छोडेपछि कहिल्यै निर्वाचित हुन सकेका थिएनन् । ०५१ साल पनि एमालेबाट निर्वाचित राई त्यसपछि ०५६ यताका चुनावमा कहिल्यै निर्वाचित भएका थिएनन् । अहिले एमालेको साथ पाएका राई सुनसरी १ बाट निर्वाचित भएका हुन् ।

सम्बन्धित खबर