LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

काठमाडौं : निर्वाचन आयोगले समानुपातिकतर्फको सिट बाँडफाँड गरेर आज दलहरुलाई पत्रचार गर्ने भएको छ।
दलहरुले प्राप्त गरेको मतका आधारमा सिट र क्लस्टर छुट्ट्याएर उनीहरुले बन्दसूचीमा उल्लेख गरेका नाम माग्न पत्राचार गरिने आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए।
दलहरुलाई नाम पठाउन तीन दिनको समय दिइने आयोगले जनाएको छ। दलहरूबाट नामावली सिफारिस भइसकेपछि आयोगले यही मङ्सिर २८ गतेभित्रमा निर्वाचनको सम्पूर्ण परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ जना प्रत्यक्ष निर्वाचनबाट र १ सय १० जना समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ। आयोगका अनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फ सबैभन्दा बढी लोकिप्रय मत पाएको एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपा र जनमत पार्टीले ५/५ सिट पाएका छन्।
यो नतिजासँगै प्रत्यक्षमा ५७ सिट जितेको नेपाली कांग्रेस कूल ८९ सिटसहित पहिलो दल बनेको छ। प्रत्यक्षमा ४४ सिट जितेको नेकपा एमाले ७ सिटसहित दोस्रो बनेको छ। तेस्रो दल बनेको नेकपा (माओवादी केन्द्र) ले प्रत्यक्षको १८ सहित ३२ सिट प्राप्त गरेको छ।
पहिलो पटक संसद प्रवेश गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षको ७ सहित कूल २० सांसदसहित बलियो उपस्थिति जनाउनेछ। यसअघि एक सिटमा सिमित राप्रपाले प्रत्यक्षमा ७ र समानुपातिकबाट ७ गरी १४ सिट पुर्‍याएको छ। जनता समाजवादी पार्टीे प्रत्यक्षबाट ७ र समानुपातिकबाट ५ गरी १२ सिटमा सिमित हुँदा मधेशबाट उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीले प्रत्यक्ष एक र समनुपातिकबाट ५ गरी ६ सिट प्राप्त गर्ने भएको छ।
थ्रेसहोल्ड कटाउन नसकेका नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १०,लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक एक सिट जित्दा ५ सिटमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।
प्रदेशसभातर्फ प्रदेश १ को ३७ सिटमा एमालेले समानुपातिकमा १५ सिट पाउने भएको छ। त्यस्तै कांग्रेसले १२, माओवादी केन्द्र र राप्रपाले ४÷४, एकीकृत समाजवादी र जसपाले एक÷एक सिट पाउनेभएका छन्। मधेस प्रदेशको समानुपातिकतर्फ ४३ सिटमा कांग्रेसले ९, एमालेले ८ जसपा र जनमत पार्टीले ७÷७, माओवादी केन्द्रले ४, नेकपा एकीकृत समाजवादीले ३, लोसपाले २, राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्तिले पार्टीले १÷१ सिट जितेका छन्। बागमती प्रदेशमा समानुपातिकतर्फको ४४ सिटमा एमालेले १४ सिट जितेको छ। कांग्रेसले १२, माओवादीले ७, राप्रपाले ६, एकीकृत समाजवादी र नेमकिपाले २/२ तथा हाम्रो नेपाली पार्टीले एक सिट पाएको छ।
गण्डकी प्रदेश सभामा समानुपातिकतर्फको २४ सिटमा एमालेले १० मा कांग्रेसले ९, माओवादीले ३ र राप्रपाले २ सिट पाएको छ । लुम्बिनी प्रदेशमा समानुपातिकतर्फको ३५ सिटमा एमालेले ११, कांग्रेसले १०, माओवादीले ४, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले दुई–दुई, जसपा, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १÷१ सिट पाएका छन् ।
कर्णाली प्रदेश सभामा कांग्रेसले समानुपातिकमा ५ सिट जोडेको छ । माओवादीले ४,एमाले ५ एकीकृत समाजवादी र राप्रपाले समानुपातिकतर्फ एक–एक सिट प्राप्त गरेका छन्।
यस्तै सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसले समानुपातिकमा सात सिट पाएको छ। माओवादीले तीन एमालेले पाँच, नागरिक उन्मुक्ति पार्टीले दुई एकीकृत समाजवादी र राप्रपाले समानुपातिकमा एक/एक सिट जितेका छन्।

सम्बन्धित खबर