LIVE
छात्रवृतिको विषयमा उपहानगरपालिकाले गरेको एकतर्फी निर्णय मान्दैनौ ःनिजी शैक्षिक संस्थाहरु | विवाहपञ्चमी महोत्सवको तयारी तिव्र, यस वर्ष अयोध्याबाट आउँछन् जन्ती | जनकपुरधाममा सामाचकेवा मुर्तिकला निर्माण कार्यशाला सुरु | मदर्शा गुलशने अजमेरिद्वारा सम्मान कार्यक्रम | उदाउँदो सूर्यलाई अर्घ्य दिँएसँगै छठ पर्व सम्पन्न | मधेश प्रदेशम महापर्व छठ धुमधाम | लोक अस्थाको महापर्व छठको लोकप्रियता बढ्दै | जितको घोषणा गर्दै ट्रम्पले भने– अमेरिकीले शक्तिशाली बहुमत दिए | मधेश प्रदेशका जिल्लाहरुमा लोक अस्थाको पर्व छठको रौनक | मुख्यमन्त्री सिँहद्वारा धनुषाका प्रहरी उपरीक्षक तिवारी सम्मानित |

प्रतिनिधिको ३२मा २ र प्रदेशको ६४ मा ४ जना महिला मात्रै निर्वाचित

फाएजा फहमीदा

महिला हक अधिकारको विषयमा राजनीतिकर्मीहरुले सार्वजनिक मंचमा जति वोकालत गरेपनि व्यवहारमा भने त्यसको विपरत गरेको पाईन्छ । यसको गतिलो उदाहरण हुन ४ मंसिरमा सम्पन्न प्रतिनिधी र प्रदेश सभाको निर्वाचन । मधेश प्रदेशका प्रतिनिधी सभा तर्फका ३२ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भई नजिता हेर्दा प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका दलहरुले महिलालाई उम्मेदवार बनाउने सम्बन्धमा उपेक्षा गरेको देखिन्छ ।
राजनीतिक दलहरूले महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन आनाकानी गरेको पछिल्लो नतिजाले स्पष्ट हुन्छ । मधेश प्रदेशको प्रतिनिधी सभा तर्फको ३२ निर्वाचन क्षेत्रमध्ये नेकपा एमालेले दुई र नेपाली कांग्रेसले एक क्षेत्रबाहेक अन्य क्षेत्रमा महिला उम्मेदवार नै उठाएको छैन भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र लोसपालगायतका अन्य दलहरूले महिलालाई भने कुनै अवसर नै प्रदान गरेको छैन ।
यस प्रदेशमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी जुलीकुमारी महतो र ज्वालाकुमारी साहबाहेक अन्य कुनैपनि महिला उम्मेदवारले जित हासिल गर्न सकेकी छैनन् । महतो धनुषा ३ बाट र साह बारा ३ बाट प्रत्यक्षमा निर्वाचित भएकी छिन् ।
प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ सप्तरीबाट कूल ७० जनाको उम्मेदवारी पर्दा महिलाको संख्या ५ मात्र थियो भने सिरहाबाट कूल ८७ जनाले उम्मेदवारी दिँदा महिलाको संख्या ७ मात्र थियो । त्यसैगरि, धनुषाबाट कूल १०१ जनाको उम्मेदवारी पर्दा महिलाको संख्या ६ मात्रै थियो । धनुषाको अन्य क्षेत्रबाट कुनैपनि दलले महिला उम्मेदवार खडा गरेको थिएन । ६ जना सबै क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बनेकी थिइन् ।
महोत्तरीबाट ६७ जनाको उम्मेदवारी पर्दा महिला उम्मेदवारको संख्या ५ मात्रै थियो भने सर्लाहीको सबै क्षेत्रबाट १÷१ जना गरी ४ जना महिलाले उम्मेदवारी दिएकी थिइन् । त्यहाँबाट जम्मा ६९ जनाले उम्मेदवारी दिएका थिए । रौतहटबाट कूल ६७ जनाले उम्मेदवारी दिँदा महिला उम्मेदवारको संख्या ४ मात्र थियो भने बाराको निर्वाचन क्षेत्र नम्बर–३ बाट मात्र २ जना महिलाको उम्मेदवारी परेको थियो । जबकि जिल्लाको चारवटै निर्वाचन क्षेत्रबाट कूल ७६ जनाले उम्मेदवारी दिएका थिए ।
पर्साबाट त झन् ५३ जनाले उम्मेदवारी दिँदा महिला उम्मेदवारको संख्या शून्य नै रहेको थियो । यसरी मधेश प्रदेशका ८ वटै जिल्लामा प्रतिनिधी सभा तर्फ ३३ जना महिलाले उम्मेदवारी दिदा मात्रै २ जना महिलाले निर्वाचित भएको छ । सप्तरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि २० जनाको उम्मेदवारी पर्दा नागरिक उन्मुक्ति पार्टीले मात्र एकजना महिला टिकालक्ष्मी चौधरीलाई उम्मेदवार बनायो । उनले १ हजार ३७८ मत ल्याइन् । त्यहाँबाट जसपाका नवल किशोर साह २३ हजार ६०४ मत ल्याएर निर्वाचित भए ।
सप्तरी–२ बाट १६ जनाको उम्मेदवारी पर्दा नेपाली जनता दलले चन्द्रकुमारी देव (१५५ मत), पिछडावर्ग निषाद दलित जनजाती पार्टीले सुमित्रा मण्डल (७२ मत) र नेपाल संघीय समाजवादी पार्टीले प्रमीला देवी मण्डल (३१ मत) लाई उम्मेदवार बनायो । त्यहाँबाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ३५ हजार ४२ मत ल्याएर निर्वाचित भए । त्यस्तै, सप्तरी–३ बाट १८ जनाको उम्मेदवारी पर्दा कुनै दलबाट महिलाको उम्मेदवारी परेन । त्यहाँबाट नेपाली कांग्रेसका दिनेश कुमार यादव २६ हजार १६६ मत ल्याएर निर्वाचित भए ।
सप्तरी–४ बाट १६ जनाको उम्मेदवारी पर्दा एकजना महिला माधुरी कुमारी साहले मात्र स्वतन्त्र उम्मेदवारी दर्ता गराइन् । उनले १४३ मत मात्र प्राप्त गर्न सकिन् ।सो क्षेत्रमा कांग्रेसका तेजुलाल चौधरी २३ हजार ४९१ मत ल्याएर निर्वाचित भए ।
सिरहा–१ बाट २३ जनाको उम्मेदवारी पर्दा सरिता गिरीले स्वतन्त्र (५०२ मत) र नेपालका लागि नेपाली पार्टीले रीता देवी साहलाई उम्मेदवार बनाएको थियो । उनले १३१ मत पाइन् । त्यहाँबाट नेकपा एमालेका रामशंकर यादव २९ हजार ४६२ मत ल्याएर निर्वाचित भए ।
सिरहा–२ बाट २४ जनाको उम्मेदवारी परेको थियो । जसमा नेपाली कांग्रेसले चित्रलेखा यादव र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले शिला देवी रामलाई उम्मेदवार बनाएको थियो । चित्रलेखाले २३ हजार २८ मत पाउँदा शिलाले ४६ मत पाएकी थिइन् । त्यहाँबाट जसपाका राजकिशोर यादव २४ हजार १७८ मत ल्याएर निर्वाचित भए । सिरहा–३ बाट २१ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये एकजना महिला सिता पोखरेलले मात्र स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । उनले मात्र १९ मत प्राप्त गर्न सकिन । त्यहाँबाट नेकपा एमालेका लिलानाथ श्रेष्ठ २८ हजार ६४ मत ल्याएर निर्वाचित भए ।
सिरहा–४ बाट १९ जनाको उम्मेदवारी पर्दा राप्रपाले नगिना कुमारी झा र नेपाल आमा पार्टीले तारा देवी भण्डारीलाई उम्मेदवार बनाएको थियो । नगिनाले १ हजार ७३ मत ल्याउँदा ताराले ११३ मत पाएकी थिइन् । त्यस क्षेत्रबाट जसपाका बिरेन्द्र प्रसाद महतो २४ हजार १०२ मत ल्याएर निर्वाचित भएका थिए ।
धनुषा क्षेत्र नम्बर ३ वाहेक कुनै पनि क्षेत्रमा महिला उम्मेदवार थिएनन् । जवकी धनुषा–१ मा २५,२ मा १६ र ४ मा एक जना पनि महिला उम्मेदवारले उम्मेदवारी दर्ता गराएनन् । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ बाट ३१ जनाको उम्मेदवारी परेकोमा एक स्वतन्त्र सहित ७ जना महिला थियो । सो क्षेत्रमा एमालेकी जुलीकुमारी महतो सार्वजनिक मत ल्याएर विजयी भएका हुन् । महतो ३३ हजार ३८८ मत ल्याएर लोसपाका वरिष्ठ नेता अनिल झालाई पराजित गर्दै निर्वाचित भइन् ।
महोत्तरी–१ मा १५ जनाको उम्मेदवारी पर्दा महिलाको दुई मात्रै थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले खेमकुमारी भुर्तेल र राप्रपाले पूजा घिमिरेलाई उम्मेदवार बनाएको थियो । भुर्तेलले २ हजार ६४ र घिमिरेले ९७४ मत ल्याएकी थिईन । सो क्षेत्रबाट एमालेका लक्ष्मी महतो २३ हजार ४०२ मत ल्याएर निर्वाचित भए ।
महोत्तरी–२ मा १७ जनाको उम्मेदवारी पर्दा महिलाको संख्या शुन्य नै रहियो । महोत्तरी–३ बाट २१ ज्ना मध्ये नेशनलिष्ट पिपल्स पार्टीका जिवछी देवी (३४२ मत), राप्रपा नेपालले गुलाव कुमारी देवी मण्डल (९९ मत) र एकीकृत शक्ति नेपालले एल्सा झा (९६ मत) लाई उम्मेदवार बनाएको थियो ।
महोत्तरी–४ मा १४ जनाको उम्मेदवार मध्ये महिलाको संख्या शुन्य नै थियो । सर्लाही–१ बाट १९ जनाको उम्मेदवारी पर्दा एकजना मात्र महिला उम्मेदवार आकाश वती दनुवारले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । उनले ३८ मत मात्र पाउन सकिन । जवकी सोमा लोसपाका रामप्रकाश चौधरी २४ हजार ८३८ मत ल्याएर निर्वाचित भए । सर्लाही–२ मा १७ जनामा शुसिला कुमारी महिलाबाट एक्कली स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । शुशिला ४५ मत ल्याउदाँ माओवादी केन्द्रका महिन्द्र राय यादव २३ हजार ५२९ मत ल्याएर निर्वाचित भए ।
सर्लाही–३ मा १३ जनाको उम्मेदवारी पर्दा हाम्रो नेपाली पार्टीले मात्र एकजना महिला भवानी घिमिरेलाई उम्मेदवार बनाएको थियो । घिमिरेले ५७८ मत पाइन् ।तर एमालेका हरिप्रसाद उप्रेती ३२ हजार ९३८ मत ल्याएर निर्वाचित भए ।
सर्लाही–४ बाट २० जनामा एक २५ वर्षिया मधुमाला कुमारी यादव एकल महिला उम्मेदवार दिईन । तर पनि उनी चुनावी बाजि आफ्नो पक्षमा पार्न सकेनन् । यादवले १४ हजार ६२२ मत ल्याउदाँ काँग्रेसका बागि उम्मेदवार अमरेश कुमार सिंह २० हजार १७ मत ल्याएर निर्वाचित भएका थिए ।
रौतहट–१ मा प्रतिनिधिसभा सदस्यका लागि १७ जनाले उम्मेदवारमा दुई जना महिला उम्मेदवार मात्रै थियो । राप्रपा नेपालले सरोज कुमारी (३५३ मत)र कोशिला देवि (१७ मत) ले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । सो क्षेत्रबाट नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल ३३ हजार ५२२ मत ल्याएर निर्वाचित भएका छन् । रौतहट–२ र ३ मा एक जना पनि महिला उम्मेदवारी दिएन । रौतहट–४ मा १८ जनामा एक स्वतन्त्रसहित दुई महिलाको उम्मेदवारी परेको थियो । नेकपा (माक्र्सवादी लेनीनवादी)ले अनवरी खाँ (९५० मत) र स्वतन्त्र उम्मेदवार इश्वरी कार्की काफ्ले (४७ मत) मात्र पाईन ।
त्यसैगरि, बाराको निर्वाचन क्षेत्र नम्बर–१ र २ मा महिलाको उम्मेदवारी परेको थिएन । बारा–३ बाट १८ जनामा दुई महिलाको मात्रै उम्मेदवारी परेको थियो । नेकपा एमालेले ज्वाला कुमारी साह र जनमत पार्टीले राधिका देवी साहलाई उम्मेदवार बनाएको थियो । ज्वालाले २० हजार २५१ मत ल्याएर निर्वाचित भए । बारा–४ र पर्साका चार वटै निर्वाचन क्षेत्रमा एक जना पनि महिलाले उम्मेदवार थिएन ।
मधेश प्रदेशमा ७४ मध्ये ४ जना महिला उम्मेदवार मात्रै निर्वाचित
मधेश प्रदेश सभा सदस्यका लागि ७४ जनाले उम्मेदवारी दिएकोमा मात्रै ४ जना निर्वाचित भएका छन् ।
यस अघि २०७४ सालमा मधेश प्रदेश सभामा ५ जना महिला प्रत्यक्षमा निर्वाचित भएका थिए । ४ मध्ये मध्ये तीनजना राजनीतिक दलबाट र एक स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका हुन् । महोत्तरी क्षेत्र नम्बर २(ख) बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएकी सुरिताकुमारी साह दोस्रोपटक प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन् ।
त्यसैगरि, लोसपाबाट निवर्तमान प्रदेश सभा सदस्य रानीकुमारी तिवारी महोत्तरी क्षेत्र नम्बर ३(ख), महोत्तरी क्षेत्र नम्बर १(क) बाट नेकपा एमालेबाट शारदादेवी थापा र सर्लाही क्षेत्र नम्बर १(ख)बाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार बेची लुङेली दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन् । यस अघि प्रदेश सभामा निर्वाचित ज्वाला कुमारी साह यस पटक प्रतिनिधी सभामा निर्वाचित भएकी हुन् ।
यसकारण प्रत्यक्षमा महिलाको सहभागिता न्युन
यता, महिला अधिकारकर्मी तथा अधिवक्ता रेखा झाले प्रत्यक्षमा महिला उम्मेदवारको संख्या न्युन रहेको बताईन ।
महिलाप्रति प्रमुख राजनीतिक दलहरु अनुदार हुनु, जनतामा महिलाको पहुज नहुनु, आर्थिक अभाव हुनु लगायतका कारणले पनि महिलाहरु चुनावमा टिकट पाउदैन र पाएर पनि प्राय निर्वाचनमा सफल पनि हुदैन, उनले भनिन्,‘ प्राय प्रमुख दलहरु महिलालाई टिकट दिदैन । कुनै सानो दलले दिएपनि ति महिला जनता, कार्याकतासँग भिजेको हुदैन, जुन महिला लामो समयदेखि जनताको सेवामा खटेका छन्, समस्या बुझेका छन्, यस्ताले चुनावी खर्च नै जुटाउन सक्ने अवस्थामा हुदैन यि कारणहरुले प्राय महिला उम्मेदवार सफल हुदैन ।’
चुनावमा हरेक फ्याक्टरले काम गरिरहेका हुन्छ, उनले अगाडी भनिन्,‘ महिलालाई उम्मेदवार बनाईन्छ । तर अर्थमा उनीहरुको पहुँच हुदैन,कारण अर्थको कारोवार प्राय पुरुषले नै गर्छन हाम्रो समाजमा । यसले गर्दा उनी चुनावी प्रचार प्रसारमा पछाडि पर्छ । अर्को कारण जुन पार्टीको राम्रो संगठन छ, ति पार्टीहरुले महिलालाई प्राथमिकतामा राख्दैन । त्यसकारणले पनि महिला उम्मेदवार न्युन हुन्छ । यसको प्रभाव प्रत्यक्ष तर्फ महिलाको संख्या न्युन हुन्छ र समानुपातिक सिटमा राजनीतिक दलहरुले त्यो पुरा गर्न वाध्य हुन्छ ।’

सम्बन्धित खबर