LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

महोत्तरीमा पिकपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका ३ कालापानीका ६६ वर्षीय वीरबहादुर आले मगर रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार साँझ सिन्धुलीबाट बर्दिवास तर्फ आउदै गरेको स १ च१५४५ नम्बरको महेन्द्रा पिकप गाडीले घर नजिकै बाटो काट्दै गरेका मगरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते मगरको उपचारको क्रममा बर्दिवास स्थित जनसेवा अस्पतालमा मृत्यु भएको हो ।शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र गाडी तथा चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

सम्बन्धित खबर