LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

बारा : उन्नत जातको भनेर रिलायन्स सुगर मिल बाराले कमशल उखुको बिउ दिएको भन्दै बाराका उखु किसान आन्दोलित भएका छन्।
मिलले कमशल बिउ उपलब्ध गराएकोले उखुमा रोग लागेको आरोपसहित किसानहरुले सडकमा उखु जलाएर आक्रोश पोखेका हुन्। कमसल बिउ भएकै कारण समय अगावै उखु सुकेपछि किसानहरु चिनी उद्योगकोविरुद्ध आन्दोलनमा उत्रिएका हुन्।
उखु समय अघिनै सुक्न थालेपछि किसानहरुले शनिबार मानवत मटिअर्वा सडकखण्डको श्रीपुरमा एक घण्टा सडक अवरुद्ध पारे। रोग लागेर सुकेको उखु सडकमै जलाएर उनीहरुले प्रदर्शन गरे। उखु किसानहरुले शनिबार दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म सडक अवरुद्ध पारेका हुन्। रिलायन्स सुगर मिल र उखु उत्पादक संघले मिलेर गुणस्तरहीन बिउ दिएको कारण आफूहरु समस्यामा परेको उनीहरुको आरोप छ।
उद्योगका प्रतिनिधि र किसान संघका प्रतिनिधिहरुसँग छलफल गर्न खोज्दा उनीहरु छलफलमा नआएकाले बाध्य भएर सडकमा सडकमा उत्रनु परेको प्रदर्शनमा सहभागी उखु किसान शशीकान्त यादवले बताए।
धेरै उत्पादन दिने उन्नत जातको भनेर ४–५ वर्षअघिदेखि नै सिओजिरो–२३८ जातको उखु रोप्न मिल र किसान संघले दवाव दिएको किसानको भनाइ छ। उखु काट्ने समय अघिनै सुकेपछि आफुहरु समस्यामा परेको यादवको गुनासो छ। यो जातको उखु भारतमा समेत प्रतिबन्ध लगाएको पाइएको उनीहरुको आरोप छ।
किसानलाई सम्झाई बुझाई अवरुद्ध सडक खुलाएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए। उनले समस्या समाधानका लागि आइतबार प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सरोकारवालाको बैठक राखिएको समेत जानकारी दिए।
किसाहरुले भने आइतबारको छलफलमा उखु किसानले क्षतिपूर्ति पाउने सुनिश्चितता नभए पुनः आन्दोलन गर्ने बताएका छन्। किसानहरुले समयानुकुल उखुको मुल्य वृद्धि, सिँचाई सुविधा र मलखादको ग्यारेन्टी समेत हुनुपर्ने माग राखेको सघर्ष समितिका ईन्द्रदेव कुश्वाहाले बताए।

सम्बन्धित खबर