LIVE
मधेश प्रदेश सरकारले मनाइयो बलिदानी दिवस | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सरकारी छाप किर्ते आरोपमा पक्राउ | प्रदेश पर्यटन सम्बन्धी विद्येयक पारित | प्रदेश सभामा सरकार विरुद्ध उत्रे सत्ता र प्रतिपक्षी दलका साँसदहरु | जय ट्रफी मधेश र बागमती प्रदेश बीचको खेल बराबरीमा सम्पन्न | नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार साह सर्वसहमत | जय ट्रफीमा मधेसका ब्याट्समैनहरु बागमतिबिरुद्ध निरिह, पहिलो पारी १०२ रनमै सीमित | चिसोको कारण मधेशका जिल्लाको जनवीवन प्रभावित | २५ पुसदेखि पहिलो पटक मधेशमा सरकारी स्तरबाट एमबिबिएसको पठपाठन हुदै | मधेशमा स्थानीय सेवा ऐन संशोधनको माग गर्दै कर्मचारीहरूको धर्ना जारी |

बारा : उन्नत जातको भनेर रिलायन्स सुगर मिल बाराले कमशल उखुको बिउ दिएको भन्दै बाराका उखु किसान आन्दोलित भएका छन्।
मिलले कमशल बिउ उपलब्ध गराएकोले उखुमा रोग लागेको आरोपसहित किसानहरुले सडकमा उखु जलाएर आक्रोश पोखेका हुन्। कमसल बिउ भएकै कारण समय अगावै उखु सुकेपछि किसानहरु चिनी उद्योगकोविरुद्ध आन्दोलनमा उत्रिएका हुन्।
उखु समय अघिनै सुक्न थालेपछि किसानहरुले शनिबार मानवत मटिअर्वा सडकखण्डको श्रीपुरमा एक घण्टा सडक अवरुद्ध पारे। रोग लागेर सुकेको उखु सडकमै जलाएर उनीहरुले प्रदर्शन गरे। उखु किसानहरुले शनिबार दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म सडक अवरुद्ध पारेका हुन्। रिलायन्स सुगर मिल र उखु उत्पादक संघले मिलेर गुणस्तरहीन बिउ दिएको कारण आफूहरु समस्यामा परेको उनीहरुको आरोप छ।
उद्योगका प्रतिनिधि र किसान संघका प्रतिनिधिहरुसँग छलफल गर्न खोज्दा उनीहरु छलफलमा नआएकाले बाध्य भएर सडकमा सडकमा उत्रनु परेको प्रदर्शनमा सहभागी उखु किसान शशीकान्त यादवले बताए।
धेरै उत्पादन दिने उन्नत जातको भनेर ४–५ वर्षअघिदेखि नै सिओजिरो–२३८ जातको उखु रोप्न मिल र किसान संघले दवाव दिएको किसानको भनाइ छ। उखु काट्ने समय अघिनै सुकेपछि आफुहरु समस्यामा परेको यादवको गुनासो छ। यो जातको उखु भारतमा समेत प्रतिबन्ध लगाएको पाइएको उनीहरुको आरोप छ।
किसानलाई सम्झाई बुझाई अवरुद्ध सडक खुलाएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए। उनले समस्या समाधानका लागि आइतबार प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सरोकारवालाको बैठक राखिएको समेत जानकारी दिए।
किसाहरुले भने आइतबारको छलफलमा उखु किसानले क्षतिपूर्ति पाउने सुनिश्चितता नभए पुनः आन्दोलन गर्ने बताएका छन्। किसानहरुले समयानुकुल उखुको मुल्य वृद्धि, सिँचाई सुविधा र मलखादको ग्यारेन्टी समेत हुनुपर्ने माग राखेको सघर्ष समितिका ईन्द्रदेव कुश्वाहाले बताए।

सम्बन्धित खबर