LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

मधेस प्रदेशको समानुपातिक सांसद चयन गर्न जनता समाजवादी पार्टी (जसपा)मा विवाद देखिएको छ ।
प्राप्त मतको आधारमा निर्वाचन आयोगले मधेश प्रदेशमा जसपालाई ७ सिट दिएको छ । तर जसपाले ७ जनाको नाम टुङ्ग्याउन सकेन । नाम चयनमा विवाद भएपछि अध्यक्ष उपेन्द्र यावदले आयोगमा १० जनाको नाम बुझाएका छन् ।
जसपाको आयोगलाई गरेको सिफारिसमा विन्दुकुमारी यादव (महोत्तरी), किरण कुमारी साह (सप्तरी), शोभा देवी (रौतहट), सञ्जिला कुमारी यादव (सिरहा), चन्देश्वर सदा (सिरहा), ललिता दास (सिरहा), शाहिदा खातुन (सिरहा), ममता मण्डल (धनुषा), मो। युसुफ अलि (सप्तरी), मनिष कुमार सुमन (सप्तरी)को नाम समेटिएको छ ।
जसपाले आयोगमा बुझाएको पत्रमा भने समावेशी समूह मिलाई उम्मेदवारहरुको नाम छनोट गरिएको उल्लेख छ । बुझाएकामध्ये ३ उम्मेदवार सांसद बन्न बञ्चित हुने देखिएको छ ।
जसपाका एक नेताले नाम चयनमा सहमति नजुट्दा १० जनाकै बुझाएको र तीमध्ये ७ जना आयोगले समावेशीताका आधारमा चयन भएको निर्णय गर्दा पार्टीमा विवाद नहुने बताए ।

 

सम्बन्धित खबर