LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ । सत्ता गठबन्धनमा रहेको लोसपाले गठबन्धनका नेताहरूसँग मधेस प्रदेशको मुख्यमन्त्री दिन आग्रह गरेको हो ।
स्रोतका अनुसार अध्यक्ष ठाकुरले अन्य ६ वटा प्रदेशमा अरु दलले सरकार बनाउने भएकोले मधेसमा आफूले पाउनुपर्ने दाबी गरेका हुन् । तर, कांग्रेस, माओवादी केन्द्रका नेताहरूले जवाफ भने दिएका छैनन् । मधेसमा आफ्नो पहिलो हक लाग्ने ठाकुरको दाबी छ । गठबन्धनको बलियो साझेदार भएको र मधेस केन्द्रित दलको कारणले मुुख्यमन्त्री पाउनुपर्ने कारणहरू थपेका हुन् ।
लोसपाले सरकारका लागि दाबी गरे पनि गठबन्धनको सरकार बनाउन सहज भने छैन । मधेसमा एमाले नेतृत्वको गठबन्धन र कांग्रेस नेतृत्वको गठबन्धन दुुवैसँग बहुमत सांसद छैन । त्यसकारण गठबन्धनको सरकारका लागि सीके राउत नेतृत्वको जनमत पार्टी निर्णायक बनेको छ । प्रदेशसभामा १३ जना सांसद जितेको जनमतले एमाले नेतृत्वको गठबन्धन वा कांग्रेस नेतृत्वको गठन्धन जसलाई समर्थन गर्छ त्यसैको सरकार बन्ने स्थिति छ । लोसपा कांग्रेस नेतृत्वको गठबन्धनमा भएका कारण यसले यही गठबन्धनबाट दाबी गरेको हो । त्यसबाहेक जनमत पार्टीले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ । जसले मुख्यमन्त्री दिन्छ उसैसँग गठबन्धन गर्ने रणनीति जनमत पार्टीले लिएको देखिन्छ । त्यसको असर पनि लोसपालाई पर्न सक्छ ।
केन्द्रीय सरकारमा पनि हिस्सेदारी खोजेका कारण जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्री दाबी नगर्न सक्छ । त्यस्तो अवस्थामा पनि ठूलो पार्टी कांग्रेसले लोसपालाई मुख्यमन्त्री स्वीकार्न भने सहज देखिएको छैन । कांग्रेस २२ सिटसहित संसदमा दोस्रो ठूलो दल बनेको छ । तर, लोसपा गठबन्धनको पनि ठूलो दल हो । लोसपा यो गठबन्धनको दोस्रो ठूलो दल हो । उसले ९ सिट ल्याएको छ । अनि, माओवादी ८ र एकीकृत समाजवादीसँग ७ सिट छ । बहुमतका लागि ५४ सिट आवश्यक पर्छ । त्यसैले जनमत पार्टीका १३ मत ल्याउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवादेखि माओवादीअध्यक्ष प्रचण्डसम्म लागेका छन् । त्यसो त, जसपाले पनि अन्तिममा सत्ता गठबन्धनलाई नै साथ दिन सक्ने संभावना पनि रहेको छ ।
यता, संघीय सरकार बन्दा शरतसिंह भण्डारी वा सर्वेन्द्रनाथ शुक्लामध्ये को मन्त्री हुने भन्ने चासो पनि बढेको छ । लोसपापभित्र उनीहरूले मन्त्रीका लागि दाबी गरिरहेका छन् । ४ जना सांसदमध्ये ठाकुर मन्त्री हुने लाइनमा छैनन् । ठाकुरले राष्ट्रपतिको चाहना पनि राखेका छन् । लोसपा स्रोतका अनुसार ठाकुरलाई राष्ट्रपति बनाउने बारे अनौपचारिक चर्चा गठबन्धनमा चल्न पनि थालिसकेको छ । तर, बलियोसँग लोसपाले दाबी भने गरेको छैन ।

सम्बन्धित खबर