LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । आइतबार ३१।९७ अंकले घटेको बजार १८८५।३१ विन्दुमा आएर रोकियो । यो १।६७ प्रतिशतको गिरावट हो ।आइतबार कारोबार भएका कुल २५३ सूचीकृत धितोपत्रको २४ हजार ६४४ वटा कारोबारबाट ३५ लाख १२ शजार ८३४ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन सबै उपसूचकहरु घटेका छन् । जसमा सबैभन्दा धेरै गिरावट बैंकिङ उपसूचकको देखिएको छ । जसको असर समग्र बजारमा देखिएको छ । बैंकिङ उपसूचक २.३० प्रतिशतले घटेको छ । आइतबार सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यसको मूल्य १६९.८० रुपैयाँले बढेर १८६८ रुपैयाँ पुगेको छ । यसबाहेक समिट लघुवित्त वित्तीय संस्था, मैलुङखोला जलविद्युत कम्पनीको मूल्य क्रमशः ९.९९ र ९.५० प्रतिशतले बढेको छ ।

आइतबार सबैभन्दा धेरै गुमाउने कम्पनीमा भने नेडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । यस कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ । पाँचथर पावर कम्पनीको ६.९७ प्रतिशतले मूल्य घट्दा नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताले ५.७४ प्रतिशतको घाटा बेहोरेका छन् । आइतबार शिवम् सिमेन्ट, नविल बैंक, हिमालय डिष्ट्रिलरीलगायत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।

सम्बन्धित खबर