LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । आइतबार ३१।९७ अंकले घटेको बजार १८८५।३१ विन्दुमा आएर रोकियो । यो १।६७ प्रतिशतको गिरावट हो ।आइतबार कारोबार भएका कुल २५३ सूचीकृत धितोपत्रको २४ हजार ६४४ वटा कारोबारबाट ३५ लाख १२ शजार ८३४ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन सबै उपसूचकहरु घटेका छन् । जसमा सबैभन्दा धेरै गिरावट बैंकिङ उपसूचकको देखिएको छ । जसको असर समग्र बजारमा देखिएको छ । बैंकिङ उपसूचक २.३० प्रतिशतले घटेको छ । आइतबार सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यसको मूल्य १६९.८० रुपैयाँले बढेर १८६८ रुपैयाँ पुगेको छ । यसबाहेक समिट लघुवित्त वित्तीय संस्था, मैलुङखोला जलविद्युत कम्पनीको मूल्य क्रमशः ९.९९ र ९.५० प्रतिशतले बढेको छ ।

आइतबार सबैभन्दा धेरै गुमाउने कम्पनीमा भने नेडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । यस कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ । पाँचथर पावर कम्पनीको ६.९७ प्रतिशतले मूल्य घट्दा नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताले ५.७४ प्रतिशतको घाटा बेहोरेका छन् । आइतबार शिवम् सिमेन्ट, नविल बैंक, हिमालय डिष्ट्रिलरीलगायत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।

सम्बन्धित खबर