LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाकी धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ ।
आज विहान ४ वजे तिर जिल्लाको बटेश्वर गाँउपालिका–५ शान्तिपुरकी २८ वर्षीया अमृता यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । हतियार प्रहारबाट गम्भिर घाईते भएकी यादवलाई उपचारको क्रममा जनकपुरधामको काव्या अस्पतालमा मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक बस्तन रजौरले जानकारी दिए । चार÷पाँच जना समुहमा आएका नकावधारी समुहले श्रीमतीलाई एक्कासी धारिलो हतियार प्रहार गरि भागेको मृतक यादवकी श्रीमान विरेन्द्र यादवले प्रहरीलाई व्यान दिएको उनले बताए ।
मृतकका श्रीमान यादवलाई पनि प्रहरीले घटनाको विषयमा सोधपुच्छको लागि नियन्त्रणमा लिएको उनले बताए । घटनाको थप अनुसन्धान भईरहेको उनले बताए । यता, मृतकको शव पोस्टमाटमको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।

 

सम्बन्धित खबर