LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द भएको छ । मंगलबार २.५७ अंकले घटेको बजार १८९९.७० बिन्दुमा झरेको छ । मंगलबार बजारमा शून्य दशमलव १३ प्रतिशतको गिरावट आएको हो । सोमबार भने बजार बढेको थियो ।मंगलबार कुल २४८ धितोपत्रको १६ हजार ३२० वटा कारोबारबाट २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच हुँदा ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार जलविद्युत, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसूचक हरियो देखिए । अन्य सबै परिसूचक भने राताम्य रहेका छन् । मंगलबार सीवाईसीसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसको मूल्य २२६०.२० रुपैयाँ पुगेको छ । सान्जेन जलविद्युत कम्पनी, नबिल ब्यालेन्स्ड फण्ड, माथिल्लो तामाकोशी लगायतको सेयर मूल्य धेरैले बढेको छ ।

मंगलबार तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको मूल्य ३।२९ प्रतिशतले घटेर ३२० रुपैयाँ कायम भएको छ । सिंगटी हाइड्रो, अरुण कावेली पावर, इन्फिनिटी लघुवित्तसहितका कम्पनीका लगानीकर्ताले समेत धेरै गुमाए ।मंगलबार नबिल बैंक, नेपाल टेलिकम, समिट लघुवित्त वित्तीय संस्था, नेपाल बैंक, माथिल्लो तामाकोशी जलविद्युतको धेरै कारोबार भयो ।

सम्बन्धित खबर