LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

जनकपुरधाम । २७ मंसिर
सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याउदै गरेको २४ लाखभन्दा बढी रकमसहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले धनुषाको विदेह नगरपालिका –९ इटहर्वास्थित सिमा क्षेत्रबाट प्रदेश २–०२–००५ प ५७९८ नम्बरको अपाचे मोटरसाइकलको ट्याङ्की भित्र लुकाई छिपाई २४ लाख १७ हजार रकम भारतबाट नेपाल ल्याउदै गर्दा पक्राउ गरिएको सशस्त्र प्रहरी मधेश प्रदेशका डिआईजी गणेश बहादुर ठाडा मगरले जानकारी दिए ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनीं जिल्ला मंगपट्टी वडा नंम्बर–१ मन्दिर, विशौल बस्ने २३ वर्षीय उमेश कुमार रहेको डिआईजी मगरले जानकारी दिए । विशेष सुराकीको अधारमा मगलवार विहान ११ वजे कुमारलाई नगदसहित पक्राउ गरिएको उनले बताए । पक्राउ परेका कुमार र बरादम भएको मोटरसाईकलसहित नगद रुपैयाँ जनकपुरधामस्थित भन्सार कार्यालयको जिम्मा लगाएको डिआईजी मगरले बताए ।

सम्बन्धित खबर