
काठमाडौं । साविक विजेता फ्रान्सले दोस्रो सेमिफाइनलमा ‘अन्डरडग’ मोरक्कोलाई २/० ले पराजित गर्दै फिफा विश्वकप २०२२ को उपाधिका लागि अर्जेन्टिनासँग भेट पक्का गरिसकेको छ ।यसअघि अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई पहिलो सेमिफाइनलमा ३/० ले पराजित गर्दै ८ वर्षपछि फाइनल पुगेको हो ।रमाइलो संयोग के रह्यो भने फ्रान्स र अर्जेन्टिना दुवैले समूह चरणमा एकरएक खेल हारेको थिए । उता सेमिफाइनलसम्म आउँदा अपराजित रहेका क्रोएसिया र मोरक्को भने एक हारपछि नै विश्वकपबाट बाहिरिए ।
अब अर्जेन्टिना र फ्रान्सबीच आगामी आइतबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल लुसेल आएकोनिक स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ ।क्रोएसिया र मोरक्को त्यसअघि शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।फुटबलको महाकुम्भ विश्वकपको २२औं संस्करणको फाइनल पुगेका अर्जेन्टिना र फ्रान्सको केही संयोगहरु पनि छन् । दुवै दुई पटकको विश्व च्याम्पियन हुन् । अर्जेन्टिना छैटौं पटक र फ्रान्स चौथो पटक विश्वकपको फाइनलमा पुगेका हुन् ।
दुवैले समान दुई पटक उपाधि जितेका छन् । अर्जेन्टिनाले १९७८ र १९८६ मा विश्वकप फुटबलको उपाधि जितेको थियो ।सन् १९३० को पहिलो विश्वकपै फाइनल पुग्दा उरुग्वेसँग पराजित भएको अर्जेन्टिना १९९० र २०१४ को फाइनलमा पनि पराजित भएको थियो ।उता फ्रान्सले १९९८ र २०१८ मा उपाधि जितेको थियो भने २००६ को फाइनलमा पराजित भएको थियो ।अर्जेन्टिना र फ्रान्स दुवैले पहिलो विश्वकप घरेलु मैदानमा आयोजकको रुपमा जितेका थिए ।
अर्जेन्टिनाले १९७८ मा आफ्नै मैदान नेदरल्याण्ड्सलाई ३(१ ले हराएर उपाधि जितेको थियो ।फ्रान्सले सन् १९९८ मा पहिलो पटक फाइनल पुग्दा साविक विजेता ब्राजिललाई ३(० ले हराएर पहिलो पटक उपाधि जितेको थियो ।अब आइतबार लुसेल स्टेडियममा फाइनल जित्ने टिमले तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्नेछ । जित्ने टिम सर्वाधिक उपाधि जित्नेमा तेस्रो स्थानमा रहनेछ ।अहिलेसम्म ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप जितेको छ भने इटली र जर्मनीले समान चार पटक जितेका छन् ।यस बाहेक उरुग्वेले २ पटक तथा इंग्ल्याण्ड र स्पेनले समान एक पटक विश्वकप जितेका छन् ।क्रोएसिया र मोरक्को सेमिफाइनल पराजित भएपछि यस पटक विश्वकपमा नयाँ विजेता नहुने पक्का भएको छ ।
अर्जेन्टिना र फ्रान्सको प्रदर्शन
अर्जेन्टिना पहिलो खेलमै साउदी अरेबियासँग अप्रत्याशित रुपमा २(१ ले पराजित हुनका बावजुत पनि फाइनल पुगेको हो । फ्रान्स भने समूह चरणको अन्तिम खेलमा ट्युनिसियासँग १(० ले पराजित भएको थियो ।पहिलो खेलमै हारपछि अर्जेन्टिना समूह चरणबाटै बाहिरिने हो कि भन्ने डरसमेत देखिएको थियो तर लिओनल मेसीको पेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले त्यसपछिका हरेक खेल जित्दै फाइनल यात्रा तय गरेको हो ।अर्जेन्टिनाले अहिलेसम्म ६ खेल खेल्दा ३ खेलमा क्लिनसिट राखेको छ । एक खेल पेनाल्टीमा जितेको थियो ।
फ्रान्सले भने सेमिफाइनलमा मात्र क्लिनसिट राखेको थियो । क्वाटरफाइनलसम्म हरेक खेलमा गोल बेहोरेको फ्रान्सले ट्युनिसिया विरुद्ध गोल गर्न सकेन ।अर्जेन्टिनाले जारी विश्वकपा १२ गोल गर्दा ५ गोल खाएको छ । अर्जेन्टिनाका लागि कप्तान मेसीले सर्वाधिक ५ गोल गर्दा युलियन अल्भारेजले ४ गोल गरेका छन् । एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र नाहुएल मोलिनाले समान १ गोल गरेका छन् ।यस्तै फ्रान्सले अर्जेन्टिना भन्दा १ गोल बढी अर्था १३ गोल गरेको छ ।
जसमा किलिएन एमबाप्पेले ५ गोल गर्दा ओलिभर जिरुडले ४ गोल गरेका छन् । यस्तै एड्रिएन राबिओट, औरेलियन चुवामेनी, थियो हर्नान्डेज र रान्डलकोलो मुआमीले समान एक गोल गरेका छन् ।जारी विश्वकपमा अर्जेन्टिनाका ५ खेलाडीले गोल गरेका छन् भने फ्रान्सका ६ खेलाडीले गोल गरेका छन् ।पेरिस सेन्ट जर्मेनका सँगै खेल्ने मेसी र एमबाप्पेले यस विश्वकपमा समान ५ गोल गर्दै सर्वाधिक गोलकर्ताको होडमा अघि छन् । मेसीले ३ असिस्ट समेत गरेका छन् भने एमबाप्पेले २ असिस्ट गरेका छन् । फाइनलमा गोल थप्नेले गोल्डेन बुट जित्नेछ ।
यही अवस्थामा कायम रहे मेसीले असिस्टमा एमबाप्पेलाई पछि पार्नेछ ।यस्तै मेसी र एमबाप्पेपछि रहेका अर्जेन्टिनाका अल्भारेज र फ्रान्सका जिरुडले समान ४ गोल गरेका छन् । फाइनल दुई गोल गर्ने सके अल्भारेज र जिरुडलाई पनि गोल्डेनबुट जित्ने अवसर हुनेछ ।फ्रान्सका लागि एन्टोइनी ग्रीजमनले यस विश्वकपमा प्लेमेकर भूमिका निर्वाह गर्दै तीन असिस्ट गरेका छन् । यस्तै थियो हर्नान्डेजले पनि एमबाप्पे समान २ असिस्ट गरेका छन् ।सन् १९८६ मा डिएगो म्याराडोनाले एकल प्रयासमा अर्जेन्टिनालाई विश्वकप जिताएपछि फेरि उपाधि जित्न सकेको छैन ।
अन्तिम विश्वकप खेलिरहेका मेसी यस पटक आफ्नै प्रेरणामा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप जिताउने योजनामा छन् ।पूरा टिम नै अहिले मेसीका लागि विश्वकप जित्न मोटिभेट देखिएका छन् । उता मेसी र क्रिस्टियानो रोनाल्डोपछिको नयाँ स्टार एमबाप्पेको प्रदर्शनमा फ्रान्स ६० वर्षपछि लगातार दुई पटक विश्वकप विजेता बन्ने योजनामा छ ।सन् १९५८ मा ब्राजिलले लगातार विश्वकप जितेयता कुनै पनि टिमले उपाधि रक्षा गर्न सकेको छैन र फ्रान्स त्यसको नजिक भने पुगेको छ ।