LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

जनकपुरधाम । मधेश प्रदेशका नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झाले सिकाई परियोजनाले सामुदायिक विद्यालयको सिकाई स्तर बढाएको बताएका छन् ।
दक्ष जनशक्ति र पुर्वाधार भएपनि सामुदायिक विद्यालयहरुमा सिकाईको अवस्था कमजोर रहेको अवस्थामा सिकाई परियोजनाले संचालन रहेको पालिकाहरुको विद्यालयमा सिकाई स्तरमा सुधार हुदै आएको बताए ।
सन २०१९ देखि सर्लाही जिल्लाको पाँच वटा पालिकामा संचालित सिकाइ परियोजनाको अर्धवार्षिक समिक्षा गर्न राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रले बिहिबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन । आफु विगतमा शिक्षण पेशानै गरेको बताँउदै अहिले भन्दा पहिले नै सिकाइको स्तर राम्रो हुने गरेको उनको दावि थियो । सर्लाहीका वह्र्रम्पुरी गाउँपालिका, पर्सा गाउँपालिका, हरिपुर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकाहरुमा संचालित समावेशी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजनाले गर्दा विद्यालयमा समावेशी शिक्षामा प्रत्यक्ष रुपमा प्रभाव पर्नुको साथै बालिकाहरुलाई विद्यालय जान र समाजमा सहभागी हुनबाट अवरोध पुर्याउने व्यवहार तथा अभ्यासहरु परिवर्तन गर्नमा मदत पुगेको उनले बताए ।


कार्यक्रममा राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक शिवजी प्रसाद साहले परियोजनाले गत छ महिनाको अवधीमा गरेको कामकाज वारे जानकारी गराँउदै समावेशी शिक्षाका लागि अति जोखिममा रहेका बालबालिका प्रति शिक्षकहरुको सकारात्मक धारणा वृद्धि गर्नमा टेवा पुगेको दावि गरे । परियोजना अन्तर्गत २० वटा कक्षाकोठा, १२ वटा खानेपानी सरसफाई तथा स्वचछता सुविधा सम्पन्न र १२ वटा लैङ्गिक तथा अपाङ्गता मैत्रि शौचालयहरु निर्माण गरिएको उनले बताए ।
राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रका अध्यक्ष गायत्री देवी महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा शिक्षा निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चुरामणि फुयाँल ,समाजिक विकास मन्त्रालयका देव कुमारी रावती ,चन्द्र नगर गाँउपालिकाका अध्यक्ष राजकुमार महतो सहितकाले सिकाइ परियोजनाले अन्तर्गत भएको कार्य विषयमा धारणा राखेका थिए ।

सम्बन्धित खबर