LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

सर्लाही, ।सर्लाहीमा गोली लागेर घाइते भएका सशस्त्र प्रहरीका जवानलाई थप उपचारको लागि काठमाडौँ रिफर गरिएको छ ।शुक्रबार साँझ सर्लाहीको रामनगर गाउँपालिका–७, मा गोली लागेर घाइते भएका सशस्त्र प्रहरी जवान ३२ वर्षीय सुरेश साहलाई थप उपचारका लागि टिचिङ अस्पताल महाराजगन्ज, काठमाडौँ पुर्याइएको छ ।प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पश्चात शनिबार बिहान उनलाई काठमाण्डौं पुर्याइएको हो । काभ्रेमा कार्यरत साह बिदामा घर आएका थिए । शुक्रबार साँझ अरु ३ जना साथीसँगै बसेर खाजा खाएपछि बाहिर निस्कने क्रममा साहमाथि गोली प्रहार भएको थियो ।सो घटनामा संलग्न सुरेशकै मामाका छोरा धनकौल गाउँपालिकाको धोबिनियाँ टोलका रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो भने दुईजना फरार भएका छन् ।सर्लाहीका एसपी प्रवीण पोखरेलका अनुसार प्रारम्भिक अनुसन्धानमा लेनदेनको विवादमा गोली चलेको बुझिए पनि थप अनुसन्धान जारी रहेको बताए ।

सम्बन्धित खबर