
सर्लाही, ।सर्लाहीमा गोली लागेर घाइते भएका सशस्त्र प्रहरीका जवानलाई थप उपचारको लागि काठमाडौँ रिफर गरिएको छ ।शुक्रबार साँझ सर्लाहीको रामनगर गाउँपालिका–७, मा गोली लागेर घाइते भएका सशस्त्र प्रहरी जवान ३२ वर्षीय सुरेश साहलाई थप उपचारका लागि टिचिङ अस्पताल महाराजगन्ज, काठमाडौँ पुर्याइएको छ ।प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पश्चात शनिबार बिहान उनलाई काठमाण्डौं पुर्याइएको हो । काभ्रेमा कार्यरत साह बिदामा घर आएका थिए । शुक्रबार साँझ अरु ३ जना साथीसँगै बसेर खाजा खाएपछि बाहिर निस्कने क्रममा साहमाथि गोली प्रहार भएको थियो ।सो घटनामा संलग्न सुरेशकै मामाका छोरा धनकौल गाउँपालिकाको धोबिनियाँ टोलका रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो भने दुईजना फरार भएका छन् ।सर्लाहीका एसपी प्रवीण पोखरेलका अनुसार प्रारम्भिक अनुसन्धानमा लेनदेनको विवादमा गोली चलेको बुझिए पनि थप अनुसन्धान जारी रहेको बताए ।