LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि क्षेत्रमा पुन निर्वाचन र पुन मतगणना गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।मंसिर ४ गतेको निर्वाचनको मतपरिणाम प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाएका थपलियाले शनिबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।निर्वाचन आयोगले निष्पक्ष रुपमा निर्वाचन गरेको दाबी गर्दै उनले पुनः मतगणना र पुनः मतदान गर्न नपर्ने बताए ।आयोगले गरेको कुनैपनि निर्णयमाथि पुनरावेदन लाग्छ, अदालतबाट भएको आदेश पालना गर्न आयोग प्रतिवद्ध छ’, उनले भने,‘ आजका मितिमा यो निर्वाचनमा कहीँ पनि एउटा मतदान अधिकृतले आफ्नो स्वार्थ सिद्धिका लागि कुनै काम गरेका छैनन्,

कुनै सुरक्षाकर्मी चुकेको छैन र कहीँ पनि पुनः मतदान गर्नुपर्ने वा फेरि मतगणना गर्नुपर्ने अवस्था सिर्जना भएको छैन ।’निर्वाचनमा खटिएका सबै कर्मचारीले निष्ठापूर्वक काम गरेको उनको दाबी छ । इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पुनः मतदान गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।खनालको रिट प्रति संकेत गर्दै थपलियाले यस्तो बताएका हुन् । उनले भने, ‘उम्मेदवारलाई सानो, ठूलो, कमजोर भन्ने कुरा नबोलौं, उम्मेदवार बराबर हुन् ।’

सम्बन्धित खबर