LIVE
धनुषाका वरिष्ठ सई सागरशम्सेर जबरा लिनम्बनमा | सत्याग्रहमा बसेका कर्णको स्वास्थ्य अवस्था बिग्रिदै | विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी सिर्जना गर्न शिक्षा मन्त्री तिवारीको माग | धनुषामा ट्याक्टर दुर्घटना स् एक चालकको ज्यान गयो, अनुसन्धान जारी | सोनमा गाउँपालिकाको सरकारी पोखरी संरक्षणमा चरम लापरवाही, स्थानीय आक्रोशित | मधेशमा कानुन निर्माण पक्रिया कमजोर, एक वर्षमै ऐनको पुनर्लेखन | ई–रिक्सा चालकको लाइसेन्स प्रक्रियामा सवलिकरण ल्याउन माग | मधेशका जिल्लाहरुमा चैती पर्व मनाईदै | मुख्यमन्त्री यादवद्वारा सय दिनको उपलब्धी सार्वजनिक | मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत |

अभिनेत्री दीपिका पादुकोण र अभिनेता शाहरुख खानको फिल्म ‘पठान’को पहिलो गीत ‘बेशर्म रङ’ रिलिज हुनासाथ विवादमा तानिएको छ।
गीतमा अभिनेत्री दीपिकाले भगवा रङको बिकिनी लगाएकी छन्। फिल्मलाई लिएर सामाजिक सञ्जालमा ‘ब्वाइकट ट्रेन्ड’ नै चलेको छ। फिल्मकै कारण दीपिका पहिलोपटक विवादमा तानिएकी भने होइनन्। उनले अभिनय गरेका हरेक फिल्म रिलिज हुनुअघि दीपिकाकै कारण विवादमा तानिएका छन्।
एसिड पीडितमाथि बनेको फिल्म ‘छपाक’ रिलिजअघि दीपिका जेएनयूका विद्यार्थीको प्रदर्शनमा सहभागी भएकी थिइन्। फिल्ममा एसिड पीडितको भूमिकामा अभिनय गरेकी दीपिका प्रदर्शनलाई समर्थन गर्दै सहभागिता जनाएपछि विवादमा तानिएकी थिइन्।
दीपिकाकै कारण फिल्मलाई बहिष्कार गर्नुपर्नेसम्म माग भएको थियो। दीपिका र उनका अभिनेता पति रणवीर सिंहको अभिनय रहेको अर्को फिल्म ‘पद्मावत’ पनि विवादबाट चोखो रहन सकेन। फिल्म रिलिजअघि करणी सेनाले फिल्मले इतिहाससँग खेलबाड गरेको आरोप लगाएको थियो। तर जब फिल्म रिलिज भयो, त्यसपछि विवादका कुनै कुरा बाहिर आएनन्।
निर्देशक सञ्जयलीला भन्सालीको फिल्म ‘रामलीला’मा दीपिका र रणवीर सिंह प्रमुख भूमिकामा थिए। कैयौँ मानिसले फिल्मले रामलीला नाममाथि खेलबाड गरेको आरोप लगाएका थिए। फिल्ममाथि आरोप लागेपछि निर्माण पक्षले फिल्मको नाम ‘गोलियों कि रासलीला रामलीला’ राखेर रिलिज गरेको थियो।​
दीपिकाकै अभिनय रहेको फिल्म ‘गहराइयाँ’ सामाजिक सञ्जालमा लामो समयसम्म चर्चाको विषय बन्यो। फिल्ममा राखिएका बोल्ड दृश्य र कपडाप्रति अधिकांशको आपत्ति थियो। जसकारण फिल्म इन्टरनेटमा चर्चाको राम्रो विषय बनेको थियो। अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरणमा पनि दीपिकाको नाम आएको थियो। अभिनेताको मृत्युमा लागुऔषध जोडिएपछि यो मामलामा दीपिकासहित कैयौँ कलाकारको नाम बाहिर आएको थियो।

सम्बन्धित खबर