LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

अभिनेत्री दीपिका पादुकोण र अभिनेता शाहरुख खानको फिल्म ‘पठान’को पहिलो गीत ‘बेशर्म रङ’ रिलिज हुनासाथ विवादमा तानिएको छ।
गीतमा अभिनेत्री दीपिकाले भगवा रङको बिकिनी लगाएकी छन्। फिल्मलाई लिएर सामाजिक सञ्जालमा ‘ब्वाइकट ट्रेन्ड’ नै चलेको छ। फिल्मकै कारण दीपिका पहिलोपटक विवादमा तानिएकी भने होइनन्। उनले अभिनय गरेका हरेक फिल्म रिलिज हुनुअघि दीपिकाकै कारण विवादमा तानिएका छन्।
एसिड पीडितमाथि बनेको फिल्म ‘छपाक’ रिलिजअघि दीपिका जेएनयूका विद्यार्थीको प्रदर्शनमा सहभागी भएकी थिइन्। फिल्ममा एसिड पीडितको भूमिकामा अभिनय गरेकी दीपिका प्रदर्शनलाई समर्थन गर्दै सहभागिता जनाएपछि विवादमा तानिएकी थिइन्।
दीपिकाकै कारण फिल्मलाई बहिष्कार गर्नुपर्नेसम्म माग भएको थियो। दीपिका र उनका अभिनेता पति रणवीर सिंहको अभिनय रहेको अर्को फिल्म ‘पद्मावत’ पनि विवादबाट चोखो रहन सकेन। फिल्म रिलिजअघि करणी सेनाले फिल्मले इतिहाससँग खेलबाड गरेको आरोप लगाएको थियो। तर जब फिल्म रिलिज भयो, त्यसपछि विवादका कुनै कुरा बाहिर आएनन्।
निर्देशक सञ्जयलीला भन्सालीको फिल्म ‘रामलीला’मा दीपिका र रणवीर सिंह प्रमुख भूमिकामा थिए। कैयौँ मानिसले फिल्मले रामलीला नाममाथि खेलबाड गरेको आरोप लगाएका थिए। फिल्ममाथि आरोप लागेपछि निर्माण पक्षले फिल्मको नाम ‘गोलियों कि रासलीला रामलीला’ राखेर रिलिज गरेको थियो।​
दीपिकाकै अभिनय रहेको फिल्म ‘गहराइयाँ’ सामाजिक सञ्जालमा लामो समयसम्म चर्चाको विषय बन्यो। फिल्ममा राखिएका बोल्ड दृश्य र कपडाप्रति अधिकांशको आपत्ति थियो। जसकारण फिल्म इन्टरनेटमा चर्चाको राम्रो विषय बनेको थियो। अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरणमा पनि दीपिकाको नाम आएको थियो। अभिनेताको मृत्युमा लागुऔषध जोडिएपछि यो मामलामा दीपिकासहित कैयौँ कलाकारको नाम बाहिर आएको थियो।

सम्बन्धित खबर