
जनकपुरधाम । महोत्तरीको मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दास पक्राउ परेका छन् ।रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेको आरोपमा उनलाई आइतबार बिहान पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिए ।महन्थ दासले सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख रुपैयाँ झिकेको आरोप छ ।रुपन्देहीका सहायक प्रमुख सिडिओको हस्ताक्षर किर्ते गरेर रोक्का रहेको बैंक खाता फुकुवा गरेर ७० लाख १८ हजार ५ सय १० रुपैयाँ ३५ पैसा भिकेका महामहन्त दासलाई पक्राउ गरेर रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृृष्ण पंगेनीले जानकारी दिए ।
