LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिद भत्काउने प्रयास भएको छ । गएराति डोजरसहित आएकाे अज्ञात समूहले मस्जिद भत्काउने प्रयास गरेका थिए । प्रहरीले मस्जिद भत्काउन प्रयोग भएको डोजरसहित चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त जनसेवामा राखिएको छ ।मस्जिद बनाउँदा केही स्थानीयको जग्गा अतिक्रमण गरेको भन्दै उक्त मस्जिदबारे स्थानीयले पटक–पटक भत्काउने प्रयास गर्दै आएका छन् । धरहराको ठीक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ ।
भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ । यसअघिसमेत स्थानीयले उक्त मस्जिद भत्काएका थिए । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबर