LIVE
नेपाल पत्रकार महासंघ धनुषाद्वारा जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना | एसईईमा जफत गरिएका मोबाइल नष्ट गरिएको घटनामा सर्वोच्चद्वारा जवाफ माग | मिसावटयुक्त खाद्य पदार्थले उत्पदान गर्ने मधेश प्रदेशका ४१ उद्योग विरुद्ध मुद्दा | दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय | मधेस आन्दोलनका शहिद परिवार तथा घाइतेहरुले गरे मधेस भवन अगाडि प्रदर्शन | मधेश आन्दोलनका शहिद परिवार तथा घाइतेहरूद्वारा जनकपुरधाममा प्रदर्शन | परीक्षामा जफत गरिएको मोबाईल नष्ट गर्ने प्रशासनको निर्णय विवादमा, विद्यार्थिहरु आन्दोलित | जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा |

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीका लागि आफूले सबै विषयमा दाउमा राख्ने पक्षमा नरहेको प्रष्ट पारेका छन्। सोमबार बिहानै चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा आफू प्रधानमन्त्रीकै लागि सबै विषय दाउमा नराख्ने बताएका हुन्। ‘स्वभाविक रुपमा सबैसँग छलफल चलिरखेका छ। तर म प्रधानमन्त्रीका लागि सबै चिज दाउमा राख्दिनँ’, अध्यक्ष प्रचण्डले भने। यसअघि धेरै नेताहरुलाई आफूले प्रधानमन्त्री बनाउन भूमिका खेलेको बताए।अध्यक्ष प्रचण्डले राष्ट्रपतिले सरकार गठनका लागि सात दिनको समय दिएकाले सोही समयावधिभित्र गठबन्धनबाट प्रधानमन्त्री चयन हुने भन्दै कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे गठबन्धनमा छलफल चलिराखेको बताए।
‘हामी गठबन्धनमा छलफल गर्छौ र टुंग्याउछौ। अहिले नै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागेको छैन’, प्रचण्डले भने, ‘मैले प्रधानमन्त्रीका लागि आकांक्षा राख्नु स्वभाविक हो तर बाहिर भनेजस्तो दावी भनेर औपचारिक रुपमा गठबन्धनको बैठकमा गरेको छैन।’अध्यक्ष प्रचण्डले माओवादीले एमालेसँग सरकार बनाउने भन्ने चर्चा सत्य नभएको पनि बताए। ‘यो स्वभाविक हो, कांग्रेस–एमालेको पनि कुरा भइरहेको छ। कुरा हुनेवित्तिकै टुंगोमा पुगेको भन्ने होइन’ उनले भने। उनले राष्ट्रपति गैरदलीय व्यक्ति हुन नसक्ने भन्दै केही बुद्धिजीवीहरुले त्यस्तो व्यक्ति हुँदा राम्रो हुने भनेर भने पनि अहिले त्यो सम्भावना नरहेको र दलबाटै राष्ट्रपति चयन हुने बताए।

 

सम्बन्धित खबर