LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

काठमाडौं : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।
बाराको निजगढ नगरपालिका २ मा साँझे ट्रकमा मोटरसाईकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका सिम्रीकका २६ वर्षिय भुवन पहाडी र पछाडी सवार २७ वर्षीय रित बहादुर राई रहेका छन्। दुबैको घटनास्थलमा नै मृत्यु भएको हो।
सोही दुर्घटनामा मोटरसाइकलमा सवार २४ वर्षीय सुशील माझी घाइते भएका छन्। उनको प्रसुति सामुदायिक अस्पताल निजगढमा उपचार भैरहेको छ। बेलुकी ७ बजे प्रदेश २ ०३ ००१ ख ४२२९ नम्बरको सडक छेउमा रोकिराखेको ट्रकमा पाछाडीबाट प्रदेश २ ०२ ००९ प ३९४३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई ठक्कर खाएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ।
यस्तै झापाको मेचीनगर नगरपालिका १३ चारआली बजारमा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा पचाडी सवार ईलाम रोङ गाउँपालिका ६ बस्ने २३ वर्षीया उषा राई रहेकी छिन्। उनलाई उपवारको लागी बि एन्ड सि अस्पताल बिर्तामोड पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। ना ८ ख ३३३६ नम्बरको ट्रकले मे ७ प १७२७ नम्बरको मोटरसाईकललाई हिजो बेलुकी साढे ८ बजे ठक्कर दिएको थियो।
कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ मछलिपुल नजिकै पनि हिजो साँझ ट्याक्टरमा मोटर साइकल ठोकिदा एक जनाको मृत्यु भएको छ ।सुदूरपश्चिम प्रदेश ०१ ००८ प ५५ ८७ नम्बरको मोटरसाइकलले सोहि दिशा तर्फ जादै गरेको म १ प ६१ ८९ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको से.२ त. ८२० नंम्बरको ट्याक्टरमा ठक्कर खाएकोे हो।
मृत्यु हुनेमा ५५८७ नम्बरका मोटरसाईकल चालक शुक्लाफँटा नगरपालिका ८ का ३० बर्षीय कृष्ण साउँद रहेका छन्। उनको उपचारको क्रममा मायामेट्रो अस्पताल धनगढीमा गएराति ९ बजे मृत्यु भएको हो। दुर्घटनामा ५ जना घाइते भएको छन्। घाईतेहरुको कृष्णपुर स्थीत स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर