LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

काठमाडौं : प्रतिनिधिसभामा निर्वाचित सांसदहरुको शपथ पुस ७ गते हुने भएको छ। संघीय संसद् सचिवालयले ७ गते दिउँसो १ बजे २ सय ७५ जना प्रतिनिधि सांसदको शपथ गराउने तयारी भएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।
उनका अनुसार मंसिर ४ गतेको निर्वाचनबाट चुनिएका नयाँ सांसदहरुको सपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पुर्‍याएको छ। ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएपछि अरू सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउनेछन्।
शपथग्रहण कसले गराउने भन्नेबारे पनि संसद् सचिवालयमा छलफल जारी छ। संसद सचिवालयले माग गरेको निर्वाचित सांसदको उमेरसहितको विवरण निर्वाचन आयोगले हिजै पठाइसकेको छ।
शपथ गराउने तीन दिनअगावै संघीय संसद् सचिवालयले सूचना जारी गर्नुपर्ने नियमानुसार संसद सचिवालयले आजै सूचना जारी गर्ने सचिव योगीले बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र सरकार आह्वान गरेको अवस्थामा त्यसपहिले नै सांसदहरूको शपथ हुन लागेको हो।

सम्बन्धित खबर