LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

काठमाडौं : प्रतिनिधिसभामा निर्वाचित सांसदहरुको शपथ पुस ७ गते हुने भएको छ। संघीय संसद् सचिवालयले ७ गते दिउँसो १ बजे २ सय ७५ जना प्रतिनिधि सांसदको शपथ गराउने तयारी भएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।
उनका अनुसार मंसिर ४ गतेको निर्वाचनबाट चुनिएका नयाँ सांसदहरुको सपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पुर्‍याएको छ। ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएपछि अरू सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउनेछन्।
शपथग्रहण कसले गराउने भन्नेबारे पनि संसद् सचिवालयमा छलफल जारी छ। संसद सचिवालयले माग गरेको निर्वाचित सांसदको उमेरसहितको विवरण निर्वाचन आयोगले हिजै पठाइसकेको छ।
शपथ गराउने तीन दिनअगावै संघीय संसद् सचिवालयले सूचना जारी गर्नुपर्ने नियमानुसार संसद सचिवालयले आजै सूचना जारी गर्ने सचिव योगीले बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र सरकार आह्वान गरेको अवस्थामा त्यसपहिले नै सांसदहरूको शपथ हुन लागेको हो।

सम्बन्धित खबर