LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशमा रहेका नेपालीलाई जागिरको अफर गरेका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले चितवनस्थित आफ्नो कार्यालयको प्रमुख कार्यकारी अधिकृत (सीइओ)का लागि विदेशमा रहेका नेपालीहरूलाई जागिरको अफर गरेका हुन्।
विदेशमा रहेका, व्यवस्थापनमा दखल राख्ने र स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको आफूलाई खाँचो रहेको उनकोे भनाइ छ। आफूसँग काम गर्न चाहने त्यस्तो दक्षता भएको व्यक्ति नेपाल फर्किन चाहेमा रिसिभ गर्न आफैं एयरपोर्ट आउने बताएका छन्।
‘यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनुभएका व्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको हामीलाई खाँचो परेको छ। हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सीइओ) भएर विकास, सुशासन, व्यवस्थापन लगायतका सम्पूर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुविधासहित म एयर्पोटमा स्वागत गर्न तयार छु,’ उनले भनेका छन्, ‘कति बाकसमा मात्र फर्किने? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नि, हैन त? सुरूवात एक जनाबाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो सीभी मलाई पठाउनु होला। म तपाईंलाई लिन आफैं एयरपोर्टमा आउँछु।’

सम्बन्धित खबर