LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आइतबार सकिँदैछ।
राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्रीका लागि दावी पेस गर्न आज साँझ ५ बजेसम्मको समयसीमा दिएकी छन्।
समयसीमा सकिनै लाग्दा पनि सरकार गठनका लागि कसरतमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने अझै भावी प्रधानमन्त्रीकाे टुङ्गाे लगाउन सकेका छैनन्।
कांग्रेसबाट संसदीय दलकाे नेतामा छनाेट भएका सभापति शेरबहादुर देउवा र माओवादीबाट छनाेट भएका पुष्षकमल दाहाल ‘प्रचण्ड’काे आ-आफ्नै अडानका कारण छनाेटमा ढिलाइ भएकाे हाे। प्रधानमन्त्रीसमेत रहेका देउवा पुन: प्रधानमन्त्री बन्ने दाउमा छन् भने यता प्रचण्ड पनि आफू नै प्रधानमन्त्री बन्नुपर्ने दाउमा देखिन्छन्।
शनिबार अबेरसम्मको छलफलमा कांग्रेस र माओवादीले पहिलो कार्यकालको सरकार आफ्नै नेतृत्वमा बन्नुपर्ने दावी गरेपछि सहमति जुटेन। त्यसका लागि आज बिहान १० बजे बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ।
राष्ट्रपतिले दिएको समयसीमाभित्र प्रधानमन्त्रीका लागि दावी पेस नभए संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढ्नेछ।

सम्बन्धित खबर