LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आइतबार सकिँदैछ।
राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्रीका लागि दावी पेस गर्न आज साँझ ५ बजेसम्मको समयसीमा दिएकी छन्।
समयसीमा सकिनै लाग्दा पनि सरकार गठनका लागि कसरतमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने अझै भावी प्रधानमन्त्रीकाे टुङ्गाे लगाउन सकेका छैनन्।
कांग्रेसबाट संसदीय दलकाे नेतामा छनाेट भएका सभापति शेरबहादुर देउवा र माओवादीबाट छनाेट भएका पुष्षकमल दाहाल ‘प्रचण्ड’काे आ-आफ्नै अडानका कारण छनाेटमा ढिलाइ भएकाे हाे। प्रधानमन्त्रीसमेत रहेका देउवा पुन: प्रधानमन्त्री बन्ने दाउमा छन् भने यता प्रचण्ड पनि आफू नै प्रधानमन्त्री बन्नुपर्ने दाउमा देखिन्छन्।
शनिबार अबेरसम्मको छलफलमा कांग्रेस र माओवादीले पहिलो कार्यकालको सरकार आफ्नै नेतृत्वमा बन्नुपर्ने दावी गरेपछि सहमति जुटेन। त्यसका लागि आज बिहान १० बजे बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ।
राष्ट्रपतिले दिएको समयसीमाभित्र प्रधानमन्त्रीका लागि दावी पेस नभए संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढ्नेछ।

सम्बन्धित खबर