LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम, पुस १० गते ।
मधेश प्रदेशमा पुनः अपराध बढ्दै गएको छ । दुईदिनमा अज्ञात व्यक्तिले गोली प्रहार गरी धनुषा र बारामा दुईजनाको हत्या गरेका छन् । शनिबार साँझ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ का ४० वर्षीय धनुक दासको गोली प्रहार गरी हत्या भएको छ । प्रत्यक्षदर्शीका अनुसार घरमै बसेको बेला अज्ञात व्यक्ति पसेर उनीमाथि गोली प्रहार गरी फरार भएका छन् ।
बाँया कोखमा गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । मृतक पानी सिंचाई गर्ने दमकल मोटरको मिस्त्री थिए । काम सकेर घरमा आएर परिवारसंग बसेर कुरा गर्दै गर्दा अज्ञात व्यक्ति घरभित्रै पसेर गोली प्रहार गरेर भागेको परिवारजनलाई उद्धृत गर्दै डिएसपी क्षेत्रीले बताए ।
उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिए ।
यसअघि शुक्रबार साँझ साढे ५ बजे बाराको गाढीमाई नगरपालिकामा गोली प्रहार गरी एक व्यक्तिको हत्या भएको थियो । भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा गाउँ निवासी ४५ वर्षीय शिवपुजन प्रसाद यादवको गोली दागेर हत्या भएको थियो । उनलाई कलैया बारियारपुर सडकखण्ड अन्तर्गत बाराको महागढीमाई नगरपालिका–२ स्थित भुतही पुल नजिकै चिया नास्ता पसलमा अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए ।

सम्बन्धित खबर