
जनकपुरधाम, पुस १० गते ।
घरभित्र पराल ओछ्याइएको छ । कोठाको छेउमा कुर्सी छ । बियरका बोतल छरपष्ट देखिन्छन् । पानी छ । कोठाकोबीच भागमा परालमा एक युवक अर्धनग्न अवस्थामा ढलेका छन् । एकजनाले अर्कालाई सोध्छन् ‘जिनमा गाँजा बैनगेलौ ? जवाफ आउँछ ‘हँ’ । ‘जल्दी बनान यार । एमहर हमरा मुहपर फेसपर भिडियो ले’ । फेरि क्यामेरा लडेका युवकको चाकमाथि तेर्साउँछन् । र ती आदेशकर्ता व्यक्तिले जोडले भन्छन् ‘नेपाल प्रहरी छिटो आउनुस् । मलाई समाउनुस्’
फेरि ती युवक भन्छन्‘ मैले यसलाई १५ हजारको महिना । चारदिन मात्र काम । हप्तामा तीनदिन विदा । एउटा खँसी मात्र हलाल गर्नु थियो । तर, यिनले १३ हजार फस्ट दिनमै बर्बाद गरिदियो । यता भिडियो गर त मेरे आगो लगाउन दे ।’ यति भनेपछि भिडियो लिनेले क्यामेर ती युवक माथि तेर्साउँछन् । फुलपैन्ट लगाएको । हातमा पराल र लाइटर लिएका युवक देखिन्छन् । पुनः गाली गर्दै परालमा अर्धनग्न हाथ बाँधेको अवस्थामा लडेका युवकलाई गाली गर्दै ती भन्छन् ‘हाथ जोडेर माफी माग । बाप मलाई माफ गर्दे, भन् ।’ लडेका युवक गिरगिराउँदै मसिनो स्वरमा केल्टे फेरेकै अवस्थामा हाथ जोडर भन्छन् ‘बाप मलाई माफ गरिदिनुस्’ ।
त्यसपछि ती युवकले लडेका युवकको मलद्वारमा बियरको बोतलमा रहेको पेट्रोल खन्याउँछन् । परालमा आगो लगाएर मलद्वारमा आगो लगाउँछन् । अर्धनग्न युवक छटपटाइरहन्छ । गुहार मागिरहन्छन् । त्यहाँ एक अर्का युवक पनि कोठामै बसेको देखिन्छ । वर्वर यातनाको लिशिला जारी रहन्छ । यस्तो दृष्य आजसम्म कुनै फिल्मी सिनेमामा पनि छैन । यी भिडियो देखेपछि जो कोहीलाई आप्नो क्रोध थाम्न गाह्रो पर्छ ।
यो घटना हो महोत्तरीको समसी गाउँपालिका वडा नं. २ पर्सादेवाडको । चयरमयातना झेल्ने युवक हुन् स्थानीय ४० वर्षीय मो. खुर्सैद अन्सारी र यातना दिने नाइके हुन ३५ वर्षीय अब्दुल सलाम शेष । खुर्सैद अब्दुलका घरमा काम गर्ने श्रमिक हुन् । चरम यातनाको कारण खुर्सैदको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । उनको जनकपुरधाम स्थित जानकी हेल्थकेयरमा मृत्यु भएको हो ।मृतक खुर्सैदका भाई मो. समजन अन्सारीका अनुसार बुधबार बिहानै ६ खुर्सैदलाई घरको काम गर्न भनि अब्दुलले बोलाएर लगेका थिए । दिउँसो ३ बजे खुर्सैदलाई अर्ध नग्न एवं गम्भीर अवस्थामा घरबाहिर दैलोमा फालेपछि स्थानीयले थाहा पाएका थिए । खुर्सैदलाई तत्कालै आफन्तजनले उपचारको लागि अस्पताल पुर्याए । प्रहरी घटनास्थल पुगेर मो.अब्दुलाई नियन्त्रणमा लिएको छ । उनलाई सोही दिन इलाका प्रहरी कार्यालय गौशालाले पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए ।उनले दिनभर नशा सेवन गरेर लठ्ठी, मुका, लात लगायतले कुटपिट गर्नुको साथै मलद्वारमा पेट्रोल खन्याएर आगो लगाएका थिए ।अब्दुल यसअघि पनि दुईपटक लागूऔषध मुद्दामा पक्राउ परेर छुटेको स्थानीय । पहिला नै प्रहरीले पैसा खाएर अपराधी अब्दुललाई पटक पटक छाडेको कारण यस्तो जघन्य अपराध गरेको स्थानीयको आरोप छ । मृतक खुर्सैदको घरको आर्थिक अवस्था कमजोर रहेकाले आफ्नो थोरैखेतीपाती र ज्यालादारी गर्दै आएका थिए । उनका चार छोरी र दुई छोरासहित ६ सन्तान छन् ।
मृतकका भाई समजद अन्सारीले दोषीमाथि कडा कारबाही हुनु पर्ने र क्षतिपुर्ति पाउनु पर्ने माग गरे ।
