LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । उनी दौरा सुरुवाल लगाएर शपथ लिन पुगेका छन् ।यसअघि २०६५ सालमा पहिलो पटक र २०७३ सालमा दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले सर्ट पाइन्ट, कोट, टोपी लगाएका थिए । पूर्वप्रधानमन्त्रीको हैसियतमा सरकारी सभा समारोहमा जाँदा पनि उनी कोट, पाइन्टमै जाने गरेका थिए । उनी निकट स्रोतका अनुसार प्रचण्डले यसअघि सार्वजनिक समारोहमा दौरा सुरुवाल लगाएका छैनन् ।दौरा सुरुवाल सिलाउन आइतबारै शरीरको नापो लिएर पठाइएको थियो । स्रोतका अनुसार सोह्रखुट्टेस्थित एक टेलरिङ सेन्टरमा उनको दौरा सुरुवाल सिलाउन दिइएको थियो ।

सम्बन्धित खबर