LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । जनकपुर रोयल्सका स्पिनर ललित राजवंशी नेपाल टी २० लिगको एकै खेलमा ५ विकेट लिने पहिलो बलर बनेका छन् ।सोमबार विराटनगर सुपर किंग्सविरुद्ध २३ वर्षीय बायाँहाते स्पीनर राजवंशीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । राष्ट्रिय क्रिकेट टिमका सदस्य समेत रहेका उनले ४ ओभर बलिङ गर्दा १ मेडन राख्दै जम्मा ८ रन मात्र खर्चिए ।ललित राजवंशीले विराटनगरका कप्तान ट्रेभोन ग्रिफिथसहित तीन विदेशी र दुई नेपाली खेलाडीको विकेट लिए ।सातौं ओभरमा आफ्नो पहिलो ओभर बलिङ गर्दा राजवंशीले जम्मा ४ रन खर्चिएका थिए । तर विकेट लिएका थिएनन् ।नवौं ओभरमा उनले विराटनगरका लागि राम्रो ब्याटिङ गरिरहेका सिकन्दर राजालाई पहिलो बलमै आउट गरे ।

त्यस ओभरमा उनले जम्मा २ रन खर्चिए ।१५औं ओभरमा बलिङ गरेका उनले पृथु बास्कोटा र कप्तान ट्रेभोनको विकेट लिँदा कुनै रन खर्चेनन् ।१७औं ओभरमा पनि उनले थप दुई विकेट लिए । यसपल्ट क्रिजमा जमेका हुसेन तलत र नन्दन यादवलाई आउट गरेका हुन् ।विराटनगरले राम्रो सुरुवात गरे पनि ललित राजवंशीको घातक बलिङपछि एक बल अगावै सबै विकेट गुमाएर १४० रनमा समेटिएको छ । जनकपुरका केस्रिक विलियम्स र आदिल आलमले पनि २(२ विकेट लिए ।विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ३८, रोहित पौडेलले ३२ र हुसेन तलते २८ रन बनाए । अर्जुन साउदले १८ रन जोडे ।

सम्बन्धित खबर