LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

काठमाडौं । जनकपुर रोयल्सका स्पिनर ललित राजवंशी नेपाल टी २० लिगको एकै खेलमा ५ विकेट लिने पहिलो बलर बनेका छन् ।सोमबार विराटनगर सुपर किंग्सविरुद्ध २३ वर्षीय बायाँहाते स्पीनर राजवंशीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । राष्ट्रिय क्रिकेट टिमका सदस्य समेत रहेका उनले ४ ओभर बलिङ गर्दा १ मेडन राख्दै जम्मा ८ रन मात्र खर्चिए ।ललित राजवंशीले विराटनगरका कप्तान ट्रेभोन ग्रिफिथसहित तीन विदेशी र दुई नेपाली खेलाडीको विकेट लिए ।सातौं ओभरमा आफ्नो पहिलो ओभर बलिङ गर्दा राजवंशीले जम्मा ४ रन खर्चिएका थिए । तर विकेट लिएका थिएनन् ।नवौं ओभरमा उनले विराटनगरका लागि राम्रो ब्याटिङ गरिरहेका सिकन्दर राजालाई पहिलो बलमै आउट गरे ।

त्यस ओभरमा उनले जम्मा २ रन खर्चिए ।१५औं ओभरमा बलिङ गरेका उनले पृथु बास्कोटा र कप्तान ट्रेभोनको विकेट लिँदा कुनै रन खर्चेनन् ।१७औं ओभरमा पनि उनले थप दुई विकेट लिए । यसपल्ट क्रिजमा जमेका हुसेन तलत र नन्दन यादवलाई आउट गरेका हुन् ।विराटनगरले राम्रो सुरुवात गरे पनि ललित राजवंशीको घातक बलिङपछि एक बल अगावै सबै विकेट गुमाएर १४० रनमा समेटिएको छ । जनकपुरका केस्रिक विलियम्स र आदिल आलमले पनि २(२ विकेट लिए ।विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ३८, रोहित पौडेलले ३२ र हुसेन तलते २८ रन बनाए । अर्जुन साउदले १८ रन जोडे ।

सम्बन्धित खबर